ओली समूहको शिर्ष तहमा राष्ट्रियसभा सांसद खड्काको चर्चा

  
ओली समूहको शिर्ष तहमा  राष्ट्रियसभा सांसद खड्काको चर्चा

काठमाडौं, २२ फागुन । राष्ट्रिय सभाका सांसद चन्द्रबहादुर खड्का (उज्ज्वल) बालुवाटारमा सम्पन्न नेकपा ओली पक्षिय संसदीय दलको बैठकमा पूर्व माओवादी केन्द्रबाट प्रतिनिधित्व गर्ने महत्त्वपूर्ण व्यक्ति बनेका छन् ।

ओली समूहमा पूर्वमाओवादीबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दुई सांसद छन ।गृहमन्त्री रामबहादुर थापा (वादल) पनि राष्ट्रियसभा सांसद हुन । दुई मध्ये थापा सरकारमा छन् । सरकारमा नरहने मध्ये ओली समूहमा खड्का राष्ट्रियसभाका सांसदतर्फ पूर्व माओवादी खेमाका एक्लो व्यक्ति हुन् । खड्काको यतिबेला ओली समूहको शिर्ष तहमा चर्चा हुन लागेको छ ।

को हुन खड्का ?
१५ वर्षको उमेरमा २०३६ सालदेखि राजनीति यात्रा प्रारम्भ गरेका उनी २०४८ सालमा संयुक्त जनमोर्चा नेपालको जिल्ला संयोजक भए । उनी नेकपा माओवादी, नेकपा माओवादी केन्द्रमा पार्टीको सदस्य,सेल सदस्य,सेल सेक्रेटरी, एरिया सदस्य,एरिया सेक्रेटरी,जिल्ला सदस्य,जिल्ला सेक्रेटरी,क्षत्रीय व्युरो सदस्य,जिल्ला इन्चार्ज,पोलिलब्युरो सदस्य हुँदै केन्द्रीय सचिवालय सदस्य सम्म भएका थिए ।


२०५२ सालदेखि परिवार सहित जनयुद्धमा होमिएका खड्काले युद्ध अवधि भर महत्त्वपूर्ण भूमिका खेलेका थिए । दुई ठूला दल नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकता हुनु पूर्व उनी माओवादी केन्द्रको केन्द्रीय पोलिटव्युरो सदस्य तथा जिल्ला इन्चार्ज थिए । सिनियर हुँदा हुँदै पनि दुई पार्टी मिलेर बनेको नेकपाको केन्द्रीय कमिटीमा भने उनी अटाएनन् । अहिले ओली निकट नेकपाको केन्द्रीय कमिटीमा छन् ।

खड्काको अर्घाखाँची जिल्लामा राम्रो प्रभाव छ । उर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री तथा जिल्लाका प्रतिनिधिसभा सांसद टोपबहादुर रायमाझी, राष्ट्रियसभा सांसद खड्का, प्रदेश सांसदहरू चेतनारायण आचार्य, रामजी प्रसाद घिमिरे र जाल्पा भुसाल गरि जिल्लाका सबै सांसद, स्थानीय तहका अधिकांश जनप्रतिनिधि र वहुसंख्यक नेता, कार्यकर्ता ओली समूहमा छन् । जिल्लालाई एक बनाउन खड्काको भूमिका महत्त्वपूर्ण छ ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

लोकप्रिय