भारत र इङ्ग्ल्याण्ड बिचको अन्तिम तथा निर्णायक खेल आज

भारतमा जारी इङ्ग्ल्याण्ड सँगको टि २० सिरिजको अन्तिम तथा निर्णायक खेल आज हुदै छ ।

  
भारत र इङ्ग्ल्याण्ड बिचको अन्तिम तथा निर्णायक खेल आज

दामोदर भुसाल

काठमाडौँ ७ चैत। भारतमा जारी इङ्ग्ल्याण्ड सँगको टि २० सिरिजको अन्तिम तथा निर्णायक खेल आज हुदै छ । विश्वकै सबै भन्दा ठुलो नरेन्द्र मोदि क्रिकेट रंगाशालामा नेपाली समय अनुसार साझ ७ः१५ बजे सुरु हुने प्रतियोगिता बन्द रंगाशालामा खेलाइने भएको छ । कोरोना महामारी केहि दिन देखि बढ्दै गएपछि पछिल्ला २ खेल पनि बन्द रंगाशालामा नै सञ्चालन गरिएको थियो ।


बिहिबार सम्पन्न सिरीजको चौथो रोमाञ्चक खेलमा भारतले इङ्ग्ल्याण्डलाई ७ रनले पराजित गरे पछि सिरिज २ – २ को बराबरीमा गएको थियो । त्यसैले ५ खेलको उक्त सिरिजको बिजेता अन्तिम खेल पछि मात्र पत्ता लाग्ने भएको छ । टस हारेर पहिला बाटिङ्ग गरेको भारतले पहिलो अन्तराष्ट्रिय टि २० प्रतियोगितामा बाटिङ्ग गरेका सुृर्यकुमार यादकको उत्कृष्ट ५७ रनको मद्दतमा १८४ रनको योगफल खडा गरेको थियो यस अघिकै खेलमा डेब्यु गरे पनि सुर्यकुमारले उक्त खेलमा बाटिङ्ग गर्ने अवसर पाएका थिएनन् ।


जबाफमा इङ्ग्ल्याण्डले २० ओभरमा ८ विकेट गुमाउदै मात्र १७७ रन बनाए पछि खेल भारतले जितेको थियो इङ्ग्ल्याण्डका लागी ओपनर जेशन रोयले ४० तथा मध्य क्रमका अलराउन्डर ब्याट्स म्यान बेन स्टोक्सले ४६ रनको पारि खेले पनि अन्य ब्याट्सले राम्रो गर्न नसक्दा खेलमा पराजित हुन पुग्यो ।


यस अघि पहिलो र तेस्रो दुबै खेलमा इङ्ग्ल्याण्ड ८ विकेटले बिजय भएको थियो भने दोस्रो खेलमा भारत ७ विकेटले बिजय भएको थियो । बिश्वकै दुई उत्कृष्ट यि टि २० टिमको आजको अन्तिम तथा निर्यायक खेल अत्यन्तै प्रतिस्पर्धात्मक हुने सम्पुर्ण खेल प्रेमिहरुले अनुमान गरेका छन ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय