भारतले इङ्ग्ल्याण्डलाई दियो २२५ रनको बिशाल लक्ष्य

  
भारतले इङ्ग्ल्याण्डलाई दियो २२५ रनको बिशाल लक्ष्य

दामोदर भुसाल

काठमाडौँ ७ चैत।भारतमा जारी इङ्ग्ल्याण्ड सँगको टि २० सिरिजको अन्तिम तथा निर्णायक खेलमा भारतले इङ्ग्ल्याण्डलाई २२५ रनको बिशाल लक्ष्य प्रस्तुत गरेको छ । विश्वकै सबै भन्दा ठुलो नरेन्द्र मोदि क्रिकेट रंगाशालामा नेपाली समय अनुसार साझ ७ः१५ बजे सुरु भएको प्रतियोगितामा टस हारेर पहिला बाटिङ्ग गरेको भारतले मात्र २ विकेटको क्षतीमा २२४ रनको बनाएको छ ।

भारतका लागी ओपनर रोहित शर्मा र कप्तान बिराट कोहलीले ९ ओभरमा ९४ रनको साझेदारी गर्दै भारतको लागी उत्कृष्ट सुरुवात गरेका थिए जसमा रोहित शर्माले मात्र ३४ बलमा ५ छक्का ४ चौकाको मद्दतमा ६४ रनको पारी खेल्दै आठौ ओभरको अन्तिम बलमा आउट भएका थिए ।

यस श्रृङ्गखलामा पहिलो पटक भारतका लागी ओपनिङ्गमा आएका कप्तान बिराट कोहलीले २ छक्का र ७ चोका प्रहार गर्दै अबिजित ८० रनको पारी खेलेका थिए । यस्तै सुर्यकुमार यादबले १७ बलमा ३२ रन तथा हार्दिक पाण्ड्याले मात्र १७ बलमा अबिजित ३९ रनको पारि खेलेका भने इङ्ग्ल्याण्डका लागी बेन स्टोक्स र आदिल रसिदल समान १–१ विकेट लिएका थिए ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

लोकप्रिय