इङ्ग्ल्याण्डसँगको टि २० सिरिजको उपाधि भारतलाई

भारतमा सम्पन्न इङ्ग्ल्याण्डसँगको टि २० सिरिजको अन्तिम तथा निर्णायक खेल ३६ रनले जित्दै भारतले

  
इङ्ग्ल्याण्डसँगको टि २० सिरिजको उपाधि भारतलाई

दामोदर भुसाल

काठमाडौँ ८ चैत। भारतमा सम्पन्न इङ्ग्ल्याण्डसँगको टि २० सिरिजको अन्तिम तथा निर्णायक खेल ३६ रनले जित्दै भारतले सिरिजनै ३–२ जितेको छ । विश्वकै सबै भन्दा ठुलो नरेन्द्र मोदि क्रिकेट रंगाशालामा गयराती सम्पन्न भएकोे प्रतियोगितामा टस हारेर पहिला बाटिङ्ग गर्दै २२५ रनको बिशाल लक्ष्य प्रस्तुत गरेको भारतले ३६ रनले इङ्ग्ल्याण्डलाई हराउदै उपाधि आफ्नो नाममा बनाएको छ ।


भारतका लागी ओपनर रोहित शर्मा र कप्तान बिराट कोहलीले ९ ओभरमा ९४ रनको साझेदारी गर्दै भारतको लागी उत्कृष्ट सुरुवात गरेका थिए जसमा रोहित शर्माले मात्र ३४ बलमा ५ छक्का ४ चौकाको मद्दतमा ६४ रनको पारी खेल्दै आठौ ओभरको अन्तिम बलमा आउट भएका थिए । यस श्रृङ्गखलामा पहिलो पटक भारतका लागी ओपनिङ्गमा आएका कप्तान बिराट कोहलीले २ छक्का र ७ चोका प्रहार गर्दै अबिजित ८० रनको पारी खेलेका थिए । यस्तै सुर्यकुमार यादबले १७ बलमा ३२ रन तथा हार्दिक पाण्ड्याले मात्र १७ बलमा अबिजित ३९ रनको पारि खेलेका भने इङ्ग्ल्याण्डका लागी बेन स्टोक्स र आदिल रसिदल समान १–१ विकेट लिएका थिए ।

जबाफमा इङ्ग्ल्याण्डले २० ओभरमा ८ विकेट गुमाउदै मात्र १८८ रन बनाए पछि खेल भारतले जितेको थियो । शुन्य रनमै १ विकेट गुमाएको इङ्ग्ल्याण्डका लागी जस बट्लर र डेभिड मलान बिच १३० रनको साझेरी हुदा केहि समय इङ्ग्ल्याण्ड बलियो लयमा देखिएको थियो तर जस बट्लरको विकेट पछि इङ्ग्ल्याण्ड आफ्नो लय गुमाउन पुग्यो र सिरिज भारतलाई सुम्पिएको छ ।

इङ्ग्ल्याण्डकालागी डेभिड मलानले ६८, ओपनर जस बट्लरले ५२, बेन स्टोक्सल र साम कुरनले समान १४ रन तथा क्रिस डोडनले ११ रन बनाउनु बाहेक अन्य ब्याट्सले राम्रो गर्न नसक्दा खेलमा पराजित हुन पुग्यो । यस्तै भारतका लागी सार्दुल ठाकुरले ३, भुवनेश्वर कुमारले २ तथा हार्दिक पाण्डुया र टि नटराजनले समान १–१ विकेट लिएका छन ।


यस अघि पहिलो र तेस्रो दुबै खेलमा इङ्ग्ल्याण्ड ८ विकेटले बिजय भएको थियो भने दोस्रो र चौथो खेलमा भारत क्रमश ७ विकेट र ८ रनले बिजय भएको थियो ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

लोकप्रिय