म्यासेञ्जरमा यस्तो सन्देश आयो ? नखोल्नुहोस्, भाइरस हुनसक्छ

  
म्यासेञ्जरमा यस्तो सन्देश आयो ? नखोल्नुहोस्, भाइरस हुनसक्छ

काठमाडौँ, १० चैत। फेसबुक म्यासेन्जरमा विशेष किसिमको देखिने म्यासेज पाउनु भयो भने ख्याल गर्नुहोला । ‘आई एम सेन्ड यु अ सरप्राइज म्यासेज’ लेखिएको म्यासेजको पछाडि ‘ओपन दिस’ भनिएको छ ।

होली पर्वको शुभकामना जस्तो देखिने त्यो म्यासेज नखोल्नुहोला । म्यासेन्जर प्रयोगकर्तालाई अहिले प्राप्त भइरहेको उक्त म्यासेज खासमा भाइरस हो । प्रयोगकर्ताको जानकारी बिना नै यस्ता म्यासेज आइरहेका छन् ।

झट्ट खोलेर हेर्दा नयाँ वर्षको शुभकामना देखिए पनि त्यसबाट तपाईंका फेसबुक साथीलाई ‘अटो म्यासेज’ (स्वतः जाने म्यासेज) गइरहेको हुन्छ । यस्तो भाइरसले तपाइको फेसबुक अकाउन्टमा अनधिकृत पहुँच राख्न सक्छ ।

त्यसैले झुक्किएर पनि यस्तो लिङ्क नखोल्नुहोस् । बरु समयमै डिलिट गर्नु भयो भने झुक्किएर खुल्ने सम्भावना रहँदैन ।

यदि झुक्किएर ‘इन्डियन एमएसजी डटकम’ को लिङ्कमा क्लिक गरिसक्नु भएको छ भने जतिसक्दो चाँडो आफ्नो फेसबुक तथा म्यासेन्जरको पासवर्ड वरिवर्तन गर्नुहोस् ।

यस्तो लिङ्कमा क्लिक गर्दा साइबर आक्रमणकारीले तपाईंलाई लगिङ तथा ट्र्याकिङ गर्नसक्ने साइबर सुरक्षाका जानकारले बताएका छन् ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय