सहयोग जुटाउन धुर्मुस चन्द्रौटामा, रङ्गशाला बन्नुपर्छ भन्दै स्थानीयले गरे सहयोग

  
सहयोग जुटाउन धुर्मुस चन्द्रौटामा, रङ्गशाला बन्नुपर्छ भन्दै  स्थानीयले गरे सहयोग

कमल बिष्ट


कपिलवस्तु, २३ चैत । चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय रङ्गशाला निर्माणका लागि धुर्मुस-सुन्तली फाउन्डेसनले देशब्यापी सहयोग संकलन अभियान कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटामा आइपुगेको छ ।

स्थानीय स्तरबाट निर्माण भैरहेको रङ्गशाला निर्माणमा सहयोगका लागि टोली आउने खबरको प्रचार प्रसार नभएपनि सामाजिक संजालको सामान्य जानकारी पाएर छोटो समयमै उल्लेख्य सहयोगदाताको उपस्थिति भयो ।

ब्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेलले चन्द्रौटामा सहयोग संकलनको समन्वय गर्नुभएको थियो ।सहयोग संकलनमा धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुस स्वयं उपस्थित भएका थिए टोलीमा अर्जुन घिमिरे पाणे लगायत सहभागी थिए ।

रंगशाला निर्माणका लागि चन्द्रौटाका स्थानीय हरुबाट नगद रु २ लाख ५० हजार रकम संकलन भएको थियो ।


 

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय