आईपीएलमा मुम्बईले कोलकतालाई हरायो

  
आईपीएलमा मुम्बईले कोलकतालाई हरायो

१ वैशाख, काठमाडौं । साविक विजेता मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट मा पहिलो जित हात पारेको छ ।

चेन्नईमा मंगलबार राति भएको खेलमा मुम्बईले कोलकत्ता नाइट राइडर्सलाई १० रनले पराजित गरेको हो । कोलकताको यस सिजन यो पहिलो हार हो ।मुम्बईले दिएको १५३ रनको लक्ष्य पछ्याएको कोलकताले २० ओभरमा ७ विकेट गुमाएर १४२ रन मात्र बनाउन सक्यो ।

कोलकताका नितिश रानाले सर्वाधिक ५७ रन बनाए । यस्तै शुबनम गिलले ३३ रन जोडे ।मुम्बईका राहुल चाहरले ४ विकेट लिए । ट्रेन्ट बोल्टले २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा सबै विकेट गुमाएर १५२ रन बनाएको थियो ।मुम्बईका लागि सुर्यकुमार यादवले ३६ बलमा ७ चौका र २ छक्का मद्दतमा ५६ रन बनाए ।

यस्तै कप्तान रोहित शर्माले ४३ रन बनाए । हार्दिक पाण्डेय र कुर्नाल पाण्डय समान १५ रन बनाए ।कोलकताका लागि आन्द्रे रसेलले २ ओभरमा १५ रन खर्चेर ५ विकेट लिए । प्याट कमिङ्सले २ विकेट लिए ।

जितपछि मुम्बईले २ खेलबाट २ अंक जोडेको छ । मुम्बई पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोरसँग पराजित भएको थियो ।पहिलो खेलमा सनराइजर्स हैदरावादलाई १० रनले हराएको कोलकताको यो पहिलो हार हो ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

लोकप्रिय