गायनमा जम्दै मनिष

  
गायनमा जम्दै मनिष

काठमाडौँ ८ बैशाख । मनिष ढकाल पछिल्लो समय लोक पप, आधुनिक गीतको क्षेत्रमा स्थापित नाम हो । उहाँका गीतहरु ‘बटौली’, ‘रकेट’, ‘खोवामीत’, ‘प्रदेशी नभन’, ‘तिलहरी’ बजारमा आएका छन् । सबैजसो गीत चर्चामा रह्न सफल छन् । पछिल्लो पटक बजारमा आएको गीत ‘बटौली’ले युटुवमा राम्रो भिउज बटुलेको छ । उहाँका पाँच ओटा नयाँ गीत रेकर्ड भइसकेका छन् ।


‘चुरापोते’, ‘उडुउडु’, ‘तलतल’, ‘यो के भयो’, ‘केटा भन्दा केटी धेरै’ बोलका गीत बजारमा आउँदै छन् । “अब आउन लागेका गीतहरु पनि उत्तिकै मिहिनेत गरि बनाइएको छ” उहाँ भन्नुहुन्छ, “सबै गीतले दर्शक श्रोताको मन जित्ने विश्वास लिएको छु ।”

यि गीतहरुले २५ वर्षिय ढकालको साङ्गीतिक यात्रालाई अझै फराकिलो बनाउने देखिन्छ । उहाँका गीतमा चर्चित कलाकाहरुले अभिनय तथा शब्द, सङ्गीत गर्ने गरेका छन् । केहि गीतमा मनिषको आफ्नै अभिनय छ ।


उहाँका सबै गीत एकल स्वरमा आधारित छन् । अब आउने गीत ‘चुरापोते’मा भने उहाँ र रचना रिमालको स्वर छ । मनिष बाल्यकालदेखि नै गीत, सङगीतमा रुची राख्नुहुन्थ्यो । “दुइ कक्षामा पढ्दा पहिलो पटक स्टेज चढेर गीत गाएको हुँ” उहाँ भन्नुहुन्छ, “विभिन्न मेला, महोत्सव तथा आइडलहरुमा पनि भाग लिएको छु ।” २०७२ सालमा पहिलो पटक गीत रेर्कड गरेर औपचारिक रुपमा साङ्गीतक क्षेत्रमा लागेको उहाँ बताउनुहुन्छ ।


अन्य युटुव च्यानलबाट गीतहरु बजारमा ल्याउने गरेपनि अब आफ्नै व्यक्तिगत च्यानबाट ल्याउने तयारी रहेको उहाँले बताउनुभभयो । ढकाल गीत सङ्गीतको क्षेत्रमा प्रशस्तै संभावनाहरु रहेको देख्नुहुन्छ ।

“राम्रो गर्न सके थोरै सिर्जनाबाट पनि चर्चा बटुल्न सकिन्छ” उहाँले भन्नुभयो, “मिहिनेतपूर्वक सिर्जना गरियो भने छिट्टै दर्शक, श्रोताको नजरमा पर्न सकिन्छ ।” उहाँले गीत सङ्गीतको क्षेत्रमा केहि विकृतिहरु रहेको बताउनुभयो ।

उहाँले यो क्षेत्रलाई इज्जत र सम्मानजनक पेशाको रुपमा विकास गर्न अग्रज तथा स्थापित कलाकारहरुले विशेष ध्यान पुर्याउनु पर्ने बताउनुभयो ।
मनिष घरपरिवारकै हौसला र प्रेरणाका कारण साङ्गीतिक क्षेत्रमा प्रवेश गरेको बताउनुहुन्छ ।

उहाँका बुवा रामप्रसाद ढकाल सफल उद्योग व्यवसायी हुनुहुन्छ । “मलाई गायक बनाउने बुवाको ठूलो चाहना थियो” उहाँ भन्नुहुन्छ, “बुवाको सपना साकार पार्न पाएकोमा निकै खुसी छु ।” उहाँले अझै थुप्रै मिहिनेत गरि स्थापित कलाकार बन्ने आफ्नो इच्छा रहेको बताउनुभयो ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय