लुम्बिनीमा अर्घाखाँचीका आचार्य सहित ३ मन्त्री थपिए

  
लुम्बिनीमा अर्घाखाँचीका  आचार्य  सहित ३ मन्त्री थपिए

अर्घाखाँची, २१ वैशाख ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले  मंगलबार थप तीन जना मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

उनले अर्घाखाँचीका चेतनारायण आचार्यलाई आन्तरिक मामिला तथा कानून, रुपन्देहीका भोजप्रसाद श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या र कपिलवस्तुका धर्मलाल श्रीवास्तवलाई शिक्षा तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिएका छन्

आचार्य अर्घाखाँचीबाट निर्वाचित प्रदेश सभा सदस्य हुन् भने श्रेष्ठ रुपन्देहीबाट निर्वाचित प्रदेश सभा सदस्य हुन्। श्रेष्ठ बुटवलका पूर्व मेयरसमेत हुन्।

सूर्य चिन्हबाट चुनाव जितेका उनीहरुले एमाले संसदीय दलमै प्रतिबद्ध रहने बताएका हुन्।

No photo description available.

आचार्य र श्रेष्ठ एमाले सांसद हुन् भने श्रीवास्तव सूर्य चिह्नबाट प्रदेशसभा निर्वाचनमा उम्मेदवार बनेका थिए । उनले गत आइतबार विपक्षी गठबन्धनमा हस्ताक्षर गरे पनि सोमबार पुन पोखरेललाई समर्थन गर्दै विज्ञप्ति जारी गरेका थिए ।

May be an image of 5 people, people standing, outdoors and text

मन्त्रीहरुको सपथ भने बुधबार हुनेछ । योसँगै लुम्बिनीको मन्त्रिपरिषद १० सदस्यीय पुगेको छ ।

हिजाे (सोमबार) मात्रै शिक्षा तथा सामाजिक विकास मन्त्री बनेकी कल्पना पाण्डेलाई उद्योग, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएकाे छ। 


 

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

लोकप्रिय