लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रीमा आचार्य

  
लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रीमा आचार्य

अर्घाखाँची, २१ वैशाख । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रीमा चेतनारायण आचार्य नियुक्त हुनुभएको छ ।

मुख्यमन्त्री शंकर पोखरेलका सिफारिशमा प्रदेश प्रमुख धर्मनाथ यादवले आज आन्तरिक मामिला तथा कानुनमन्त्रीमा चेतनारायण आचार्यसहित तीन मन्त्री नियुक्त गर्नाका साथै जिम्मेवारी हेरफेर गर्नुभएको छ ।

प्रमुख यादवले स्वास्थ्यमन्त्रीमा भोजप्रसाद श्रेष्ठ र शिक्षा तथा सामाजिक विकासमन्त्रीमा धर्मबहादुरलाल श्रीवास्तवलाई नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयले प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।

यससँगै प्रदेश मन्त्रिपरिषद् १० सदस्यीय भएको छ । यसअघि थपिएका मन्त्रीमध्ये हरिप्रसाद रिजाललाई ग्रामीण तथा शहरी विकास मन्त्रालय र कल्पना पाण्डेलाई उद्योग, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

त्यस्तै बैजनाथ चौधरी आर्थिक मामिला तथा योजनामन्त्री, सन्तोषकुमार पाण्डे भौतिक पूर्वाधार विकासमन्त्री, विजयबहादुर यादव भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री र सुमन शर्मा रायमाझी भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा यथावत् रहनुभएको छ । 

No photo description available.

 


 

  सम्बन्धित समाचार : आचार्य सहित ३ मन्त्र थपिए


 

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

लोकप्रिय