घोराही र स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहकार्यमा उपचार

  
घोराही र स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहकार्यमा उपचार

देउखुरी, २१ वैशाख । घोराही उपमहानगरपालिकाले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको समन्वयमा कोरोना भाइरस सङ्क्रमितको उपचार थालेको छ ।

घोराहीले अक्सिजन सहितको ४० शय्या बनाउने निर्णयअनुसार र प्रतिष्ठानसँगको सहकार्यमा बिरामीको उपचार थालेको हो । प्रतिष्ठानमा अहिले २५ शय्या बनिसकेको छ ।

जिल्ला कोरोना सङ्कट व्यवस्थापन समितिको निर्णयानुसार थप शय्या निर्माण भइरहेको प्रतिष्ठानका प्रशासन प्रबन्धक राजेन्द्र न्यौपानेले जानकारी दिनुभयो । प्रतिष्ठानमा अहिले २६ कोरोना सङ्क्रमितको उपचार भैरहेको छ ।

यसैबीच उपमहानगरपालिकाले प्रतिष्ठानलाई रु १० लाख उपलब्ध गराएको छ । शय्या निर्माण, अक्सिजन तथा उपचारका लागि तत्कालका लागि सो रकम हस्तान्तरण गरिएको नगर प्रमुख नरुलाल चौधरीले जानकारी दिनुभयो ।

प्रतिष्ठानमा थप स्वास्थ्यकर्मीसमेत उपमहानगरले पठाउने तयारी गरेको छ । नयाँ स्थानमा आइसोलेशन बनाउनुभन्दा प्रतिष्ठानमै शय्या थप गर्दा बिरामीको उपचारमा सहज हुने भएपछि सो निर्णय लिइएको प्रमुख चौधरीले बताउनुभयो ।

पत्रकारलाई अक्सिजनसहितको आइसोलेशन नेपाल पत्रकार महासंघ दाङको भवनमा कोरोना संङ्क्रमित पत्रकारका लागि ६ शय्याको आइसोलेशन स्थापना गरिएको छ ।

संङ्क्रमित बढ्दै जादाँ अस्पतालमा शय्याको अभाव भएपछि महासंघले अक्सिजनसहितका शय्या आफ्नै भवनमा राखेको छ । कोरोना संक्रमित पत्रकारलाई उपचार गर्न शय्या तयार गरिएको महासङ्घका अध्यक्ष दुर्गालाल केसीले जानकारी दिनुभयो ।

दाङमा हाल दश पत्रकारलाई कोरोना संक्रमण भएको छ । उनीहरू सबै होम आइसोलेशनमा छन् । महासंघले शय्यासहित स्वास्थ्यकर्मीको पनि व्यवस्था गरेको छ । अध्यक्ष केसीका अनुसार घोराही उपमहानगरपालिकाले स्वास्थ्यकर्मी उपलब्ध गराउने सहमति भएको छ । 

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय