भुसाल द्वारा आईसुलेसन निमार्णका लागि घर उपलब्ध

  
भुसाल द्वारा आईसुलेसन निमार्णका लागि घर उपलब्ध

अर्घाखाँची, २२ बैशाख  । जिल्लाको भूमिकास्थान नगरपालिका स्थाई घर भई बेलवासमा बस्ने रामप्रसाद भुसालले कोभिड उपचारको लागि घर राज्यलाई दिने घोषणा गर्नुभएको छ ।

May be an image of text that says
सामाजिक सन्जाल फेसवुक मार्फत करिव १० देखी १२ ओटागाडी पार्किङ गर्न सकिने ठाउँ सहित आफ्नो घर आईसुलेसन निमार्णका लागि घर राज्यलाई दिन तयार रहेको बताउनुभएको हो ।

यदि राज्यले आबश्यक ठान्छ भने कोरोना अवधीभरको लागि आफू भाडामै बसेर भएपनि राज्यलाई नि:शुल्क घर दिन तयार रहेको भुसालले बताउनुभयो ।

भुसालले गतवर्ष भूमिकास्थान ३ रातामाटामा रहेको आफुले पढेको अन्नपुर्ण माध्यमिक बिद्यालयमा नगद ५ लाख सहयोग गर्नुभएको थियो ।


 

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

लोकप्रिय