गाेदावरी नगरपालिकाकाे झेल, एसएलसी योग्यता भएका कर्मचारी अधिकृतमा बढुवा

  
गाेदावरी नगरपालिकाकाे झेल, एसएलसी योग्यता भएका कर्मचारी अधिकृतमा बढुवा

ललितपुर,जेठ २।ललितपुरको गोदावरी नगरपालिकाले शैक्षिक योग्यताभन्दा दुई तह माथिल्लो पदमा कर्मचारी बढुवा गरेको पाइएको छ । नगरपालिकाले एसएलसी शैक्षिक योग्यता रहेका सुरेश कार्कीलाई अधिकृत छैटौँ तहमा बढुवा गरेको राष्ट्रिय सतर्कता केन्द्रको छानबिनबाट खुलेको हो ।

कार्की आठ वर्षअघि खरिदारसरहको पदबाट गोदावरी नगरपालिकाको सेवामा प्रवेश गरेका थिए । शैक्षिक योग्यताभन्दा एक तह माथि बढुवा हुन सक्ने निजामती ऐनको व्यवस्थाअनुसार उनी यसअघि नै नायब सुब्बासरह सबइन्जिनियरमा बढुवा भएका थिए ।

तर, नगरपालिकाले कर्मचारी व्यवस्थापन ९सेवा सर्तसम्बन्धी ऐन, २०७६ जारी गरी उनलाई शैक्षिक योग्यताभन्दा दुई तह माथिल्लो (अधिकृत छैटौँ) पदमा बढुवा गरेको हो ।

नगरपालिकाले २७ साउन ०७७ मा १२ जना कर्मचारीलाई एक तह बढुवा गरेको थियो । ‘निश्चित सेवा अवधि पूरा भएको र माथिल्लो तहमा बढुवाका लागि सिनियर प्रतिस्पर्धी नभएमा शैक्षिक योग्यताभन्दा एक तहमाथि बढुवा गर्न सकिन्छ,’ सतर्कताका उपसचिव हरिप्रसाद शर्माले भने, ‘तर, एसएलसी उत्तीर्णलाई शाखा अधिकृतसरहमा बढुवा गरिएको छ, जुन गैरकानुनी हो ।’

नगरपालिकाको कर्मचारी व्यवस्थापन ऐनमा पनि स्तरोन्नति हुनेभन्दा तल्लो पदका लागि शैक्षिक योग्यता पुगेका कर्मचारीलाई एक तह स्तरवृद्धि गरिने उल्लेख छ । तर, कार्की शैक्षिक योग्यताभन्दा दुई तह माथि बढुवा भएका हुन् । नयाँ पत्रिका दैनिकमा खबर छ।

 

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय