काठमाडौं,जेठ ३ । हाम्रो मेडिकल सेवाले घर घरमै गएर पीसीआर परीक्षण र कोरोना उपचारको व्यवस्थापन गर्ने कार्य सुरु गरेको छ । हाम्रो मेडिकल सेवामार्फत पीसीआरसहित विभिन्न जाँचको घरबाटै सुविधा लिन सकिने र घरैमा औषधि मगाउन समेत सकिने प्रबन्धक सरोज महतोले बताउनुभयो ।
हेल्थ सेफ्टी बक्स, रक्तचाप परीक्षण मेसिन, अक्सिमिटर, थर्मोमिटर, ह्यान्ड स्यानिटाइजर, ह्वीलचियर, बिरामीको लागि बेड लगायतका स्वास्थ्य सामाग्री घरैमा पनि उपलब्ध गराइने महतोको भनाइ छ । निम्न आय भएका सेवाग्राहीहरुको लागि भने यो सेवा निःशुल्क रुपमा प्रदान गरिने महतोको दाबी छ ।
विभिन्न अस्पताल र चिकित्सकसँगको सहकार्यले यो सेवा सुरु गरिएको उहाँले बताउनुभयो । कुनै पनि मेडिकल सेवाको लागि सेवाग्राहीले ९८४३३४६६०५ मा फोन गरेर वा भाइबर, ह्वाट्सएप मार्फत पनि सम्पर्क गर्नसक्ने छन् ।
प्रतिकृया दिनुहोस