काठमाडौं उपत्यकाभित्र आजबाट निषेधाज्ञामा केहि खुकुलो

  
काठमाडौं उपत्यकाभित्र आजबाट निषेधाज्ञामा केहि खुकुलो

काठमाडौँ,जेठ २१ । भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले  निषेधाज्ञा लम्ब्याउने निर्णय गरेका थिए ।जेठ १४ गतेदेखि किराना पसलहरु पनि बन्द गरिएको थियो । तर किराना पसलकाे हकमा विहान ९ बजेसम्मका लागि खुल्ला हुने भएको छ । थप निषेधाज्ञामा निर्माण सामग्री ओसार पसार गर्ने गाडी रातिको समयमा चल्न दिने निर्णय भएको छ ।

आजबाट किराना पसल, डिपार्टमेन्ट स्टोर र फलफूल पसल र वर्कसप बिहान ९ बजेसम्म खोलेन पाइने छ। यस्तै विकास निर्माणको कामलाई  खुला गरिएको छ। निर्माण सामग्री रातको ९ बजे देखि बिहान ४ बजे सम्ममा मात्र ढुवानी गर्न पाइने छ ।

शैक्षिक संस्था, सार्वजनिक निजी गाडी तथा भोज, सभा समारोहजस्ता धेरै मानिस जम्मा हुने स्थललाई बन्द गर्ने निर्णय यथावत राखिएको छ । घरमै वा बसेको ठाउँमा ७ जनासम्म जम्मा भइ विवाह व्रतबन्ध गर्न पाइने छ । सरकारले तोकेका मापदण्ड पालना गरी कृषिको काम गर्न छुट दिइएको छ ।

अत्यावश्यक बाहेक सरकारी कार्यालय, सार्वजनिक संस्थान र बीमा कार्यालयहरु बन्द रहने छन् । वाणिज्य बैंकहरुले प्रधान कार्यालयबाहेक काठमाण्डौंमा तीनवटा शाखा कार्यालयमात्र खोल्न पाउनेछन् । औषधि तथा खाद्यान्नजस्ता अत्यावश्यक वस्तु र सेवा खरिदमा बाहेक जेठ ३१ गतेसम्म कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन नपाइने पनि आदेशमा उल्लेख गरिएको छ ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय