"भ्रम नछर्नुस् ,अनुमति भए पुन एम्बुलेन्स सेवा संचालन गर्छौं " - राष्ट्रिय  युवा संघ नेपाल अर्घाखाँची

  
"भ्रम नछर्नुस् ,अनुमति भए पुन एम्बुलेन्स सेवा संचालन गर्छौं " - राष्ट्रिय  युवा संघ नेपाल अर्घाखाँची

अर्घाखाँची,जेठ २२ । राष्ट्रिय  युवा संघ नेपाल अर्घाखाँचीले सन्चालन गरेको एम्बुलेन्स सेवा अबरुद्द भएको बारेमा केहि सामाजिक सन्जालमा आएको खबर सम्बन्धमा गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

महामारीको बेला अर्घाखाँचीमा सहज होस भनी पालिकाहरु लाइ लक्षित गरेर नि:शुल्क एम्बुलेन्स सन्चालन गरेकोमा केहि दिन पछि जिल्ला प्रशासन कार्यालयले बन्द गर्न आग्रह गरेकोले बन्द गरेको जिल्ला संयोजक गोविन्द प्रसाद आचार्य ले बताएका छन । 


सरकार र प्रशासनले अनुमति दिन्छ भने फेरि सुरुवात गर्न तयार रहेको बताएको छ। राष्ट्रिय  युवा संघ  नेपाल अर्घाखाँचीले बिपतको बेलामा आम नेपाली जनताहरुको पिडामा  मलम लगाउन सदैब तयार रहेको आचार्य ले बताए ।

संघ ले समाज सेवा गर्दै आइरहेको छ। बिनाशकारी भुकम्पको समयमा पनि संघ आवद्व युवाहरु रसुवा जिल्लामा गै १५ दिन बसेर दर्जनौ घर बनाएका थिए।  संघ जिम्मेबार संस्था भएकोले राज्यका निर्देशनहरु पालना गर्नु हाम्रो दायित्व हुने बताएको हो।  अफबाह फैलाएर राजनिति गर्ने कसैको गलत मनसाय भए त्यो दिवा सपना नदेख्न आचार्य ले अनुरोध गरेका छन ।

केन्द्रीय सचिवालय सदस्य एबम जिल्ला संयोजक गोबिन्द आचार्य ले स्थितिलाइ बङ्याएर कसैले सङठनको बदनाम गर्ने नियत राख्छ भने त्यो कदापि सहय नहुने बताएका हुन ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

लोकप्रिय