कुष्ण काफ्ले को कुष्ण तिमी आउ गितको मिउजिक भिडियो सार्वजनिक

  
कुष्ण काफ्ले को  कुष्ण तिमी आउ गितको मिउजिक भिडियो   सार्वजनिक

काठमाडौं,जेठ २३ । देखन चम्फा, पर्खपर्ख मायालु, मैले ठाँटेको छैन, चाखुम चाखुम जस्ता दर्जनौ हिट गीतका गायक कृष्ण काफ्लेको स्वरमा कृष्ण अब तिमी आउ बोलको पुकार गीत युट्युव मार्फत सार्वजनिक भएको छ । 

यो पुकार लाई गीतकार सुदन डोटेलले लेखेका हुन् । यो भन्दा अगाडी थुप्रै आधुनिक गीत र गजल लेखिसकेका सुदन डोटेलको माहामारिलाई लक्षीत गरिएको यो पहिलो पुकार गीत हो । मानिसले आफुलाई अजंम्बरी र अहंकारी सोचेर कुकर्म गरेको कारणले विभिन्न खालका विपत्ती आएका छन् ।

हामी सबैले गल्ती गरेका छौ । तथापी कृष्ण अब तिमी आउ र यो हाहाकार को स्थितीबाट विश्वका मानिसहरुलाई मुक्त गराउ भन्ने पुकार गीतमा गरिएको गीतकारले जनाएका छन् ।

कृष्ण काफ्लेको स्वर रहेको यो गीतमा सरोज प्याकुरेलको संगीत र मनोहर सुनामको संगीत संयोजन रहेको छ । पुकार गीतको भिडियोमा कुवेर केशीको अभिनय रहेको छ । सुरेन्द्र श्रेष्ठको छायांकन तथा सम्पादन रहेको यो भिडियोलाई सरोज प्याकुरेलले निर्देशन गरेका छन् ।

 


👉कुष्ण तिमी आउ गितको मिउजिक भिडियो हेर्नकोलागी यहाँ क्लिक गर्नुहोस्


 

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

लोकप्रिय