आज ४३ सय कोरोना संक्रमित थपिँदा ५७ सय डिस्चार्ज, ८१ को मृत्यु

  
आज  ४३ सय कोरोना  संक्रमित थपिँदा ५७ सय डिस्चार्ज, ८१ को मृत्यु

काठमाडौं,  जेठ २६ ।नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ३४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ७४ जनाको पीसीआर र ४ हजार ५६८ जनाको एन्टिजेन विधिबाट नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

त्यस्तै, यस अवधिमा ५ हजार ७६८ जना कोरोनाबाट मुक्त भएका छन् । त्यस्तै, आज ८१ कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा अहिलेसम्म कोरोनाबाट ८ हजार १७९ जनाले ज्यान गुमाएका छन् ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय