नवजीवनको पहलमा कलाकार घिमिरेको नर्भिक अस्पतालमा निशुल्क उपचार हुँदै

  
नवजीवनको पहलमा कलाकार  घिमिरेको नर्भिक अस्पतालमा निशुल्क उपचार हुँदै

काठमाडौं, जेठ २७। भारतमा सवारी दुर्घटनामा परेकी कलाकार तथा मोडल निशा घिमिरेको नर्भिक अस्पतालमा नि:शुल्क उपचार भइरहेको छ । नवजीवन परोपकार समाजको पहलमा घिमिरेको  उपचार भइरहेको हो ।

सो खबर परिवारले नवजीवनका अध्यक्ष दुर्गानाथ दाहाललाई गराएको थियो । त्यसपछि दुर्गानाथले उनको उपचार गर्न पहल कदमी अगाडि बढाउँदै निशाको तस्विर सामाजिक सञ्जालमा पोष्ट गरेका थिए ।

दाहालले सामाजिक सञ्जालमा पोष्ट गरेको तस्विर नर्भिक अस्पतालकी निर्देशक तथा नवजीवन परोपकार समाजकी प्रमुख संरक्षक मेघा चौधरीले देखिन र दाहालको सम्पर्कमा आइन ।चौधरीले कलाकार  घिमिरेको  नर्भिक अस्पतालमा निशुल्क उपचार गरिदिने बताईन ।

अस्पतालमा  उनको उपचार आजदेखि सुरु भएको दाहालले जानकारी दिए । उनको थप उपचारको लागि नवजीवन परोपकार समाजका आजीवन सदस्यहरुबाट केहि रुपैयाँ पनि संकलन भएको छ । निशाको निशुल्क उपचार गरिने  निर्देशक चौधरीले बताईन।

 

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय