काठमाडौंमा असारमा पनि निषेधाज्ञा जारी रहने, कृषि र वित्तीय क्षेत्रका केही प्रतिबन्ध खुकुलो बनाइने

  
काठमाडौंमा असारमा पनि निषेधाज्ञा जारी रहने, कृषि र वित्तीय क्षेत्रका केही प्रतिबन्ध खुकुलो बनाइने

काठमाडौं,जेठ २९ । कोरोना भाइरस संक्रमणको ‘चेन ब्रेक’का लागि भनेर काठमाडौं उपत्यकामा लागू भएको निषेधाज्ञा असारको पहिलो हप्तामा पनि जारी रहने भएको छ। हाल कायम प्रतिबन्धलाई कायम राख्दै निषेधाज्ञालाई निरन्तरता दिने तयारी भइरहेको जनाइएको छ। 

काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा गत वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू भएको थियो। निषेधाज्ञा लागू भएको डेढ महिना पछि पनि कोरोना संक्रमणको जोखिम कम नभइसकेकाले निषेधाज्ञालाई निरन्तरता दिने तयारी भइरहेको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डी प्रसाद निरौलाले जानकारी दिए। 

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय