विष्णु खत्रीको सालैजो गीत ‘सँगैका साथी’ सार्वजनिक

  
विष्णु खत्रीको सालैजो गीत ‘सँगैका साथी’ सार्वजनिक

काठमाडौँ, जेठ ३० । विष्णु खत्रीको सालैजो गीत ‘सँगैका साथी’ सार्वजनिक भएको छ । आइतबार दिउसो सार्वजनिक भएको गीतले युटुवमा राम्रो भिउज बटुल्ने अपेक्षा गरिएको छ ।

विष्णु खत्री युटुव च्यानलबाट बजारमा ल्याइएको गीतमा गायक खत्री र जुना श्रीष मगरले स्वर दिएका छन् । लय,शब्द खत्री आफैले गरेका हुन । गीतको भिडियोमा गायक खत्रीसँगै लोमश शर्मा, रुविना अधिकारी, सारिका केसी लगायतको अभिनय छ । सालैजो गीत भएकाले भिडियोमा धेरैलाई देखाइएको छ ।

कृष्ण विकको सङ्गीत संयोजन रहेको गीतलाई मारुनी डिजिटलमा रेकर्ड गरिएको हो । भिडियो निर्देशन होम गरुङले गरेका हुन ।

गायकले भिडियोलाई आफ्नै जन्मस्थल बाग्लुङ गल्कोटमा छयांकन गरिएको बताए । उनले लकडाउनको समयलाई उपयोग गर्दै मौलिक लोक गीत बजारमा ल्याएको भन्दै गीतलाई दर्शक श्रोताले रुचाउनेमा आफू आशावादी भएको बताए ।

पुरा भिडियो हेर्नका लागि याहाँ थिच्नुहोस्

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय