जमुना सनमको ‘बाचेर पो पाइँदो रहेछ दर्शन’ चर्चामा

  
जमुना सनमको ‘बाचेर पो पाइँदो रहेछ दर्शन’ चर्चामा
काठमाडौँ, २ असार । जमुना सनमको ‘बाचेर पो पाइँदो रहेछ दर्शन’ बोलको गीत चर्चामा आएको छ । सनम क्रियशन युटुव च्यालनबाट बजारमा आएको गीतमा सनम र एचबिएन किस्मतको स्वर रहेको छ । राजु सुनामको शब्द संकलन रहेको गीतमा किस्मतको सङगीत रहेको छ ।
 
भिडियोमा मौसम हिमाली र विना विश्वकर्माले अभिनय गरेका छन् । भिडियाको निर्देशन हिमाली आफैले गरेका छन् । गीतले टिकटक र युटुवमा चर्चा पाउन थालेको छ । गायिका सनमले एकपछि अर्को गर्दै करिव दुई दर्जन गीत बजारमा ल्याएकी छिन् । उनका सबैजसो गीतलाई दर्शक श्रोताले रुचाउने गरका छन् ।
 
उनको यसअघिको गीत ‘हिजो राति केके भो केके’ युटुवमा १९ लाख भन्दा धेरै पटक हेरिएको छ । सनमले दर्शक श्रोताले रुचाउने अझै थुप्रै खालका मौलिक गीतहरु ल्याउने तयारी रहेको बताइन ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय