छत्रदेबमा ३४ बुदे घोषणापत्रका प्रतिबद्धता सबै पुराहुने गरि निति तथा कार्यक्रम सार्वजनिक

  
छत्रदेबमा ३४ बुदे घोषणापत्रका प्रतिबद्धता सबै पुराहुने गरि निति तथा कार्यक्रम सार्वजनिक
रुद्रमणि भुसाल
अर्घाखाँची,असार ७ । अर्घाखाँचीको छत्रदेब गाउँपालिकाले आर्थिक वर्ष २०७८, ७९को लागि निति तथा कार्यक्रम ११ औ गाउँ सभाबाट सर्वसहमतिले पारित गरेको छ ।
 
छत्रदेब गाउँपालिकाले सर्वपक्षिय रुपमा राय सुझाव लिएर ५ ओटा बिषयगत समितिमा बिस्तृत छलफल गरि स्वास्थ्य, शिक्षा, कृषि , भौतिक पुर्वधार , खानेपानी , रोजगारी , लगायतलाई समेटि २१ पृष्ठ लामो निति तथा कार्यक्रम सर्व सहतिले पास गरेको गाउँपालिका अध्यक्ष लेखनाथ पोख्ररेले जनाकारी दिनु भयो ।
 
No description available.
२०७४ सालमा निर्बाचनको बेलामा नागरिकमाझ गरेका ३४ बुदे घोषणापत्रका प्रतिबद्धता सबै पुरगरेको उपाध्यक्ष तुल्सादेबी श्रेष्ठले बताउनु भयो । निति तथा कार्यक्रमा लिप्टििन खानेपानीको ३३ प्रतिशत बिधुत महसुल गाउँपालिकाले तिरीदिने भएको छ ।
 
बादर बदेललाई नियन्त्रण गर्ने उदेश्यले जंगलमा फलफुल खेती गर्ने , र सामुदायिक बनमा बहुमुल्य जडीबुटी लगाउने , निति तथा कार्यक्रममा उल्लेख गरिएको छ । मथुरमलाई कृषि पकेट क्षेत्र बनाउने , खनौ आफनै माटो छोडौँ बिदेशको माटो , स्वास्थ्य स्वयम सेबिकालाई निशुल्क स्वास्थ्य बिमा गरिेने ,बालबालिकालाई बिद्यालय पठाउ, सिकाउ र टिकाउ अभियान चलागने ,बिद्यालयकर्मचारीह रुलाई सेवा निबृत हुदा केहि अनुदान दिने गरि कोष स्थापना समेत गरिने उल्लेख गरिएो छ ।
 
No description available.
 
छत्रदेबको नितितथा कार्यक्रममा स्वास्थयलायई प्रभावकारी बनाउन बल्कोटमा १५ शैयाकको अ स्पताला सेवा सुबिधामा बृद्धि गदै स्वा स्थ चौकीलाई जनशत्ति र स्वा स्थ्य सेवालाई प्रभावकारी बनाइने पालिकाले बादी गरेको छ । ...... ११ औ गाउँ सभामा उपाध्यक्ष तुल्सादेबि श्रेष्ठ , प्रमुख प्रशासकिय अधिकृत भेषराज पन्थ , सबै गाउँ सभाकका सदस्य , कर्मचारी, सचारकर्मी लगायतको उपस्थिति रहेका थियो ।
No description available.

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय