बाल कलाकार कमला घिमिरेको तिज गीत ‘हान्छु तिम्लाई लौरीले’ बजारमा

  
बाल कलाकार कमला घिमिरेको तिज गीत ‘हान्छु तिम्लाई लौरीले’ बजारमा
काठमाडौँ १८ असार । बाल कलाकार कमला घिमिरे र खेम सेन्चुरीको स्वरमा रहेको तिज गीत ‘हान्छु तिम्लाई लौरीले’ बजारमा आएको छ । गीतलाई शुभारम्भ डिजिटल म्युजिक नामक युटुव च्यानलबाट बजारमा ल्याइएको हो ।
 
गीतमा शब्द सङ्कलन नेत्र आर्यालको रहेको छ भने सङ्गीत सेन्चुरी आफैल गरेका छन् । प्रकाश भट्टले निर्देशन गरेको भिडियोमा खेम सेन्चुरी, कमला घिमिरे, सरस्वती फुयाँल, आयुषा गौतम, रविना बसेल, विवेक इटनी, आयुष अधिकारीले अभिनय गरेका छन् ।
 
सेन्चुरी र घिमिरेको स्वरमा रहेको गीत ‘लरिलरि लै, रुन्छु बरिलै’ लाई दर्शक श्रोताले गत वर्ष सार्वाधिक रुचाएका थिए । सो करोड क्लवमा प्रवेश गर्ने पहिलो तिजको गीत हो । उक्त गीतले युटुवमा १ करोड ३३ लाख बढि भिउज बटुलेको छ ।
 
यो वर्षको तिज गीतलाई पनि दर्शक श्रोताले रुचाउनेमा आफूहरु आशावादी रहेको शुभारम्भ डिजिटलका व्यवस्थापक शम्भु कुवँरले बताए । घिमिरेले स्वर दिएका गीत ‘चिया छानेको’ले १ करोड ७६ लाख बढि भिउज बटुलेको छ ।
 
घिमिरेले लाइभ दोहोरीमा आफूलाई अब्बल सावित गरेकी छिन् । उनी सहभागी भएका अधिकांश दोहोरीले युटुवमा धेरै भिउज पाएका छन् । घिमिरेले राजु परियारसँग कार्यक्रम ‘इन्द्रेणी’ मा गाएको दोहोरी युटुवमा १ करोड ७० लाख भन्दा धेरैले हेरेका छन् ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय