नेपाली कांग्रेसका सभापति देउवा प्रधानमन्त्री नियुक्त

  
नेपाली कांग्रेसका सभापति  देउवा प्रधानमन्त्री नियुक्त

काठमाडौँ,असार २९। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई नेपालको संविधानको धारा ६५(५) अनुसार प्रधानमन्त्री पदमा अपरान्ह चार बजे नियुक्त गरेकी हुन् । उनलाई आजै शपथ ग्रहण गराउने तयारी राष्ट्रपति कार्यालयले गरेको छ ।

सर्वोच्च अदालतले सोमबार प्रतिनिधि सभा पुनःर्स्थापना गर्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो । देउवा पाचौँ पटक प्रधानमन्त्री भएका हुन् । देउवा २०५२ सालमा, २०५८ सालमा, २०६१ सालमा,  २०७४ सालमा प्रधानमन्त्री भएका थिए । देउवाको शपथको कार्यक्रम साँझ ६ बजेको लागि तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति कार्यालयले सोमबार सर्वोच्च अदालतको फैसला बमोजिम देउवालाई प्रधानमन्त्री नियुक्त गरिएको बताएको छ ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय