जय बुद्ध युवा क्लबको खेलमैदान परिसर ४ हेक्टर जमिनमा ४ हजार बृक्षारोपण अभियानको शुभारम्भ

  
जय बुद्ध युवा क्लबको खेलमैदान परिसर ४ हेक्टर जमिनमा ४ हजार  बृक्षारोपण अभियानको शुभारम्भ

कमल बिष्ट

कपिलवस्तु कपिलवस्तुको शिवराज नगरपालिका १ बेलौतिको जय बुद्ध सामाजिक युवा क्लबको आयोजनामा शिवराज १ काफलबुटामा अवस्थ्तित वडा स्तरीय खेल मैदान परिसरमा ४ हेक्टर जमिनमा ४ हजार बृक्षारोपण गर्ने अभियानको शुभारम्भ भएको छ , कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य अर्जुनकुमार केसीले खेलमैदानको प्रवेश द्वारमा नरिवलको बिरुवा रोपेर अभियानको शुभारम्भ गर्नुभएको थियो ।

बृक्षारोपण गर्दै सासंद केसीले बृक्षारोपणले खेलमैदानको सौन्दर्यकरण मात्र नभई पर्यावरणीय हिसाबले समेत सकारात्मक प्रभाव पार्ने बताउदै रोपिएका बिरुवाहरु लाई सामाजिक स्तरबाट जगेर्ना गर्न सकारात्मक भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

No description available.

क्लबका अध्यक्ष तिलक बहादुर पुनले आर्थिक वर्ष ०७५ / ७६ बाटै खेल मैदान लाई वडा स्तरीय खेल मैदानको रुपमा बिकास गर्दै ब्यवस्थित बनाउने उद्देश्य स्वरुप ७६/७७ मा खेल मैदान जाने कल्भर्ट र ७७/ ७८ मा खेल मैदान जाने बाटो र खेल मैदान स्तरोन्नति गर्ने कार्य नगरपालिकाको लगानी र क्लबको श्रमदानमा सम्पन्न भएको बताउनु भयो ।

No description available.

वडा स्तरीय खेल मैदान ३ सय ५० मिटर लम्बाई र १ सय ५० मिटर चौडाइ क्षेत्रफलमा फैलिएको क्षेत्र छुट्ट्याएर तारबार गर्ने र मैदान परिसरमा बृक्षारोपणका लागि मनकामना सामुदायिक बन बाट २०७५ चैत्र १ मा नै सामुदायिक बन ब्यवस्थापन समिति बाट निर्णय गरी स्वीकृति प्राप्त गरेर मनकामना सामुदायिक बन र जय बुद्ध सामाजिक युवा क्लबको लगानीमा खेल मैदान निर्माण कार्य शुभारम्भ गरीएको क्लबका सचिब केशर थापाले बताउनुभयो ।

No description available.

जय बुद्ध सामाजिक युवा क्लबले खेल गतिविधिमा सक्रिय सहभागिता जनाउनुका साथै आर्थिक, सास्कृतिक, धार्मिक लगायत हरेक सामाजिक गतिबिधि मार्फत समाज परिवर्तनमा महत्त्वपूर्ण योगदान पुर्याउदै आएको छ । बृक्षारोपण कार्यक्रममा शिवराज नगरपालिका नगर कार्यपालिका सदस्य लक्ष्मी हमाल , युवा क्लबका सदस्यहरु, सामाजिक कार्यमा सक्रिय सुवा युवतीहरु लगायत स्थानीय नागरिकको समेत सहभागिता रहेको भियो ।

No description available.

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय