कुवेतमा अवैध मदिराको उत्पादन तथा विक्री गर्ने तीन नेपाली कामदार पक्राउ

  
कुवेतमा अवैध मदिराको उत्पादन तथा विक्री गर्ने तीन नेपाली कामदार पक्राउ

काठमाडौं,  सावन ७ । कुवेतमा अवैध मदिराको उत्पादन तथा विक्रीको आरोपमा तीन नेपाली कामदार पक्राउ परेका छन् ।

कुवेतको फहहील क्षेत्रमा त्यहाँको प्रहरीले अवैध रूपमा स्थापना गरेको  मदिरा कारखानामा  छापा मारेको थियो । छापा मार्ने क्रममा मदिरा उत्पादनमा संलग्न तीन नेपालीलाई पक्राउ गरिएको र ठूलो परिमाणमा मदिरा बरामद गरिएको बताइएको छ । 

उनीहरुको साथबाट मदिरा उत्पादन गर्न प्रयोग हुने घरेलु उपकरण र सामानहरुसमेत बरामद  गरिएको छ । छापा मार्ने क्रममा मदिरा तयार गरी बिक्री वितरण गर्नको लागि राखिएको अवस्थामा भेटिएको स्थानीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।

यसअघि पनि कुवेतमा अवैधरूपमा मदिरा उत्पादन र विक्रि गरेको  आरोपमा दर्जनौं नेपाली  पक्राउ गरी नेपाल डिपोर्ट गरिएको थियो । 

 

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय