समाजसेवी प्रधानद्वारा आर्थिक सहयोग 

  
समाजसेवी प्रधानद्वारा आर्थिक सहयोग 

                                                   

काठमाडौँ, २३ साउन । समाजसेवी सुवोधप्रसाद प्रधानले डेढवर्षीया स्मृती सुनारको स्वास्थ्य उपचारका लागि रु ५० हजार आर्थिक सहयोग गरेका छन्  । मृर्गौलामा समस्या भई कान्ति बाल अस्पतालमा उपचाररत बालिकाको अभिभावक काठमाडौँ महानगरपालिका –१३ टङ्केश्वर निवासी धने र गीतालाई समाजसेवी प्रधानले उक्त रकम प्रदान गरेका हुन ।

अहिले उपचारका क्रममा रहेकी बालिकाको मृर्गौलाको शल्यक्रिया गर्नुपर्ने देखिए पनि आर्थिक अभावले समस्या भएपछि समाजसेवी प्रधान नेतृत्वको टोलीको पहलमा सहयोग जुटाइएको थियो । लामो समयदेखि जापान बसोबास गर्ने सागर कपालीले उक्त रकम उक्त टोलीलाई उपलब्ध गराउनुभएको बताइएको छ ।  

उक्त टोलीले राष्ट्रिय तथा अन्तरराष्ट्रिय तहमा समन्वय गरी हालै सिन्धुपाल्चोकमा बाढी पहिरोबाट समस्यामा परेका पीडितलाई राहतका साथै करीब पाँच लाख बराबरको सहयोग गरेको थियो । कोभिड–१९ का कारण समस्यामा परेका विपन्न वर्गलाई विभिन्न खाद्य सामग्रीसहितको राहत उपलब्ध गराएदै आएको छ । 

 

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय