कामना सेवा बैंंक चन्द्रौटा शाखा द्वारा ३ विद्यालयलाई डस्टविन वितरण ।

  
कामना सेवा बैंंक चन्द्रौटा शाखा द्वारा ३ विद्यालयलाई डस्टविन वितरण ।

कमल बिष्ट/ कपिलवस्तु 

कामना सेवा विकास बैंक चन्द्रौटा शाखाले शिवराज नगरभित्रका ३ विद्यालयलाई डस्टविन वितरण गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले १२ थान डस्टविन वितरण गरिएको शाखा प्रमख अनिष लुइँटेलले जानकारी दिए ।

बैंकले नगरभित्रका श्री सरस्वती आधारभूत विद्यालय शिवपुर, श्री सरस्वती माध्यमिक विद्यालय बानियाँभार र समयथान बहुमुखी क्याम्पसलाई चार चार थानका दरले डस्टविन वितरण गरिएको शाखा प्रबन्धक लुइँटेलले बताए । 

बैंकका शाखा प्रबन्धक लुइँटेल सहितको टोली विद्यालयमै पुगी डस्टविन वितरण गरेका थिए । सरस्वती आधारभूत विद्यालयका अध्यक्ष छन्दबहादुर सिंह जि.सी.ले डस्टविन ग्रहण गर्दै विद्यालयमै पुगेर डस्टविन वितरण गरेकोमा बैंक कर्मचारीलाई धन्यबाद दिए । यसबाट विद्यालयको स्वास्थ्य तथा सरसफाईमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरे ।

यता सरस्वती माविका प्रधानाध्यापक बिक्रम केसीले डस्टविन ग्रहण गर्दै प्रदान गरेको बैंक परिवारप्रति आभार प्रकट गर्दै धन्यवाद दिए । यस्तै समयथान बहुमुखी क्याम्पसका प्रमुख नामदेव खनाललाई डस्टविन हस्तान्तरण गरिएको बैंक शाखा प्रबन्धक लुइँटेलले बताए । एक कार्यक्रमका बीच डस्टविन ग्रहण गर्दै क्याम्पस प्रमुख खनालले अझैसम्म कसैले क्याम्पसलाई यस्ता खालका सहयोग नगरेको जनाउँदै सरसफाइमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

सामाजिक उत्तरदायित्व बहन गरि हस्तान्तरण गरेको बैंकलाई धन्यवाद दिँदै आगामी दिनमा आर्थिक कारोबार मात्रै नभएर यस्ता सामाजिक क्रियाकलापमा अझ सक्रिय भई योगदान पु¥याउन उनले आग्रह गरे । यसबाट अरुले पाठ सिक्न जरुरी रहेको समेत क्याम्पस प्रमुख खनालले उल्लेख गरे ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय