दिपक भुसाल
काठमाडौँ ६ असोज । व्रिटिस आर्मीका पूर्व लेफ्टिनेन्ट कुलबहादुर बुढाथोकीले जावलाखेल युथ क्लवलाई चार लाख रुपैयाँ सहयोग गरेका छन् । ए डिभिजन लिग फुटवल प्रतियोगितामा भाग लिने खेलाडीका लागि सो रकम सहयोग गरेका हुन ।
एन्फाको आयोजनामा कार्तिक २९ देखि हुन लागिरहेको प्रतियोगितामा क्लवले भाग लिँदै छ ।
क्लवका अध्यक्ष महेन्द्र क्षेत्रीले सो रकम खेलाडीको व्यवस्थापनमा प्रयोग गरिने बताए । उनले आर्थिक सहयोगले खेलाडीलाई हौसला मिल्ने बताए ।
क्षेत्रीले खेलाडीलाई खान, बस्न र खेल तयारीका लागि आर्थिक चाहिने हुँदा विभिन्न व्यक्तिले बेलाबेला दिल खोलेर सहयोग गरिरहेको बताए । हङकङ निवासी बुढाथोकीले समाजिक कार्यका लागि सहयोग गर्दै आएका छन् ।

प्रतिकृया दिनुहोस