प्रधानन्यायाधीशकाे राजिनामा माग गर्दै विवेकशील साझाको प्रर्दशन

  
प्रधानन्यायाधीशकाे राजिनामा माग गर्दै विवेकशील साझाको प्रर्दशन

विवेकशील साझा पार्टीले ‘स्वतन्त्र न्यायपालिकाको सम्मान गर’, ‘नेताहरु न्यायालयमा हस्तक्षेप नगर’ लगायतका नारा बोकेर प्रदर्शनमा उत्रिएका छन् । आज माईतीघरमा उनीहरु विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर आज प्रदर्शन गरेका हुन् 

 सर्वोच्च निकाय कु-संस्कृत राजनीतिका कारणले कमजोर बनेको, दलहरूको भागबन्डा, प्रधानन्यायाधीशहरुको अनैतिक बार्गेनिङजस्ता विकृतिविरुद्ध प्रदर्शन गर्नुपरेको साझाका संयोजक मिलन पाण्डेले बताए ।

दलीय भागबन्डा स्वीकार्ने संविधानको धारा संशोधन, दलहरूका शीर्ष नेताहरूको राजीनामा, दलहरु माफी मागेर सुध्रने, प्रधानन्यायाधीशले राजीनामा गर्नुपर्नेलगायत आफ्नो दलको माग रहेको उनको भनाइ थियो ।

 पछिल्लो समय प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागिएको छ । नेपाल बार एशोसिएसनले त राजीनामा नदिए देशव्यापी आन्दोलन गर्ने निर्णयसमेत गरिहेको छ । सर्वोच्च अदालतकै १४ जना न्यायाधीशले आईतबारदेखि ईजलाश बहिष्कार गरिसकेका छन् ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय