दुबै मृगौला फेल भएका रमेशकाे परिवार द्वारा सहयाेगकाे याचना

  
दुबै मृगौला फेल भएका  रमेशकाे परिवार द्वारा सहयाेगकाे याचना

अर्घाखाँची मंसिर ९ । दुबै मृगाैला फेल भएका सन्धिखर्क ११ का रमेश विककाे परिवारले अार्थिक सहयाेगकाे याचना गरेकाे छ ।

२१ वर्षिय रमेशकाे अहिले डाइलासिस भइरहेकाे छ । मृगौला प्रत्यारोपण गर्नकाे लागि थुप्रै रकम चाहिने हुँदा सहयाेग गरि जीवन बचाइदिन रमेशले सबैमा अाग्रह गरेका छन् ।

अार्थिक अवस्था निकै कमजाेर रहेकाले परिवार चिन्तामा परेकाे छ । उनका बुवा विष्णु विककाे राष्ट्रिय वाणिज्य बैंककाे खाता नं. ३०५०१०००३४४८५०१० मा पैसा जम्मा गरिदिन परिवारले अनुराेध गरेकाे छ ।

थप जानकारी लिन परे परिवारकाे सम्पर्क नं. ९८४७४०११७६ मा सम्पर्क गर्न सकिनेछ । रमेशकाे जीवन रक्षाका लागि सहयाेग संकलन अभियान सुरू गर्न लागिएकाे स्थानीय समाजसेवी युवा सन्ताेष अाचार्यले बताउनुभयाे ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय