खिदिमको फर्सवाकी पाठेघर क्यान्सर पीडित महिलालाई आर्थिक समस्या, सहयोगको याचना

  
खिदिमको फर्सवाकी पाठेघर क्यान्सर पीडित महिलालाई आर्थिक समस्या, सहयोगको याचना

दिपक भुसाल,अर्घाखाँची

अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नम्बर ३ खिदिमको फर्सवाकी पाठेघर क्यान्सर पीडित महिलालाई आर्थिक समस्या परेको छ । 

खिदिमको फर्सवाका नारायण अधिकारीकी पाठेघर क्यान्सर पीडित श्रीमती बिमला गौतमको उपचारका लागि आर्थिक समस्या परेको हो ।

परिवारले अर्घाखाँचीडट्कमलाई बताए अनुसार "बिमलाको विपी कोईराला मेमोरियल क्यान्सर हस्पिटल जाच गर्दा पाठेघर क्यान्सर भएको थाहा भएको थियो ।" साथै परिवारको आर्थिक अवस्था निकै कमजोर भएकोले थप उपचारका लागि आर्थिक समस्या परेको छ । 

साथै कसैले सहयोग गर्न चाहेमा श्रीमान नारायण गाैतमको नाममा रहेको ग्लोबल आइएमी M 807010002147 मा पैसा जम्मा गर्न सकिनेछ । भने फाेन नम्बर ९८६७८७३७१५ वा पत्रकार तथा सामाजिक अभियमन्ता दिपक भुसाल ९८६०४३८६४४ लाई संपर्क गर्न सकिने बताइएको छ ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय