सन्धिखर्क ८ किमडाँडामा एमालेको चुनाव केन्द्रीत बैठक सम्पन्न

  
सन्धिखर्क ८ किमडाँडामा एमालेको चुनाव केन्द्रीत बैठक सम्पन्न

सन्धिखर्क १३ बैशाख । नेकपा एमाले सन्धिखर्क – ८ को चुनाव केन्द्रीत बैठक स्वर्गीय वडा अध्यक्ष इश्वरीप्रसाद भुसालको घरमा सम्पन्न भएको छ । पार्टी प्रदेश कमिटी सदस्य भरतमणि पौडेलको प्रमुख आतिथ्यता, सन्धिखर्क नगर कमिटी अध्यक्ष श्रीकृष्ण भुसालको विशेष आतिथ्यतामा सम्पन्न बैठकमा जिल्ला लेखा परिक्षण कमिटीका उपाध्यक्ष तथा सन्धिखर्क ८ का वडा अध्यक्ष पदका उम्मेदवार नारायण अर्याल, जिल्ला कमिटी सदस्य तथा यातायात विभाग प्रमुख कमल भट्टराई, जिल्ला कमिटी सदस्य तथा वडा सहजकर्ता देवी थापा भुसाल, सदरमुकाम विशेष इलाका कमिटी उप–सचिव अर्जुन भुसाल, नगर सचिवालय सदस्य तथा वडा इन्चार्ज धर्मराज पराजुली, नगर किमिटी सदस्य तुल्सी भुसाल, यमबहादुर जिसी, लगायतको आतिथ्यता रहेको थियो ।

No description available.

बैठकलाई सम्बोधन गर्दै प्रदेश कमिटी सदस्य पौडेलले बैशाख ३० मा सम्पन्न हुन लागिरहेको स्थानीय तहको निर्वाचनमा पार्टीले सानदार जित हासिल गर्ने बताउनुभयो ।

No description available.

उहाँले सन्धिखर्कमा मेयर, उपमेयर सहित सम्पूर्ण वडामा विजयी हासिल गर्ने भन्दै एमालेको लोकप्रियताबाट अताल्लिएर अरु पार्टीहरुले गठबन्धन गर्न पुगेका बताउनुभयो । उहाँले सन्धिखर्क ८ मा एमालेले सहजै जित हासिल गर्ने भन्दै निर्वाचनमा होमिन सम्पूर्ण नेता कार्यकर्तालाई निर्देशन दिनुभयो ।

No description available.

प्रशिक्षण मुलक मन्तव्य राख्दै नगर कमिटी अध्यक्ष भुसालले सन्धिखर्क नगरको विकास र समृद्धिका लागि एमालेको जित अपरिहार्य रहेको बताउनुभयो । उहाँले सबै उम्मेद्वारहरु सक्षम रहेको भन्दै जित हासिल गर्न कुनै समस्या नरहेको बताउनुभयो । उहाँले ठोस ऐजेण्डा नभएकाले गठबन्धका उम्मेदवारहरु जनताको रोजाइमा नपर्ने बताउनुभयो ।

No description available.

वडा अध्यक्ष पदका उम्मेदवार अर्यालले आफूहरुले विगतमा जनप्रतिनिधिको रुपमा उत्कृष्ट काम गरेकाले विजयी सुनिश्चित रहेको बताउनुभयो । सन्धिखर्कमा ८ मा एमालेले महिला सदस्यमा डालीमाया खत्री, दलित महिला सदस्यमा कमला सुनार, खुल्ला सदस्यहरुमा कृष्ण प्रसाद पराजुली र कृष्णबहादुर थापालाई उम्मेद्वारको रुपमा अघि सारेको छ । बैठकले चुनावलाई लक्षित गर्दै विभिन्न कमिटीहरुको निर्माण गरेको छ ।

भरतमणि पौडेलको संयोजकत्वमा निर्देशक कमिटीको गठन गरिएको छ भने सुमन केसीको संयोजकत्वमा ३ सय ५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरिएको छ ।

No description available.

यस्तै सागर मरासिनी संयोजक र आशिष राना मगर सह–संयोजक रहेको ३ सय ५ सदस्यीय युवा तथा स्वयंमसेवक परिचालन कमिटीको गठन गरिएको छ । कार्यक्रम पार्टी वडा कमिटीका उपाध्यक्ष सुमन केसीको अध्यक्षता र उप–सचिव कृष्ण थापाको सञ्चालनमा सम्पन्न भएको हो ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय