खाँचीकाेटमा विभिन्न पार्टी परित्याग गरी ६० जना एमाले प्रवेश 

  
खाँचीकाेटमा विभिन्न पार्टी परित्याग गरी ६० जना एमाले प्रवेश 

अर्घाखाँची बैशाख २१ । स्थानीय तहकाे निर्वाचन नजिकिँदै जाँदा विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गर्ने क्रम बढेकाे छ । सन्धिखर्क ७ खाँचीकाेटका विभिन्न ठाउँमा भएका चुनावी सभाहरूमा कांग्रेस, मााओवादी केन्द्र र राजमाेबाट करिव ६० जना एमाले प्रवेश गरेका छन् । 

उनीहरूलाई एमाले केन्द्रीय सदस्य तथा प्रदेश सांसद चेतनारायण आचार्य, केन्द्रीय सल्लाहकार परिषद् सदस्य लक्ष्मण रायमाझी, पार्टीकाे तर्फबाट सन्धिखर्कका मेयर पदका उम्मेदवार कृष्णप्रसाद श्रेष्ठ, उपमेयर पदका उम्मेदवार मिश्रा अाचार्य, पार्टी प्रदेश सदस्य केवि भुुुसाल, जिल्ला उप-सचिव शम्भु पाेखरेल लगायतका नेताहरूले पार्टीमा स्वागत गर्नुभयाे । 

चुनावी सभाहरूलाई सम्बाेधन गर्दै केन्द्रीय सदस्य आचार्यले सन्धिखर्ककाे मेयर, उपमेयर देखि अधिकांश वडाहरूमा एमालेले विजयी हासिल गर्ने भन्दै निर्वाचनमा खट्न नेता कार्यकर्तालाई अाग्रह गर्नुभयाे । मेयर पदका उम्मेदवार श्रेष्ठले आफूहरूले निर्वाचनमा गरेका प्रतिबद्धताहरू पूरा गरेरै छाडने बताउँदै एमालेकाे जितले मात्र विकास र समृद्धिले गति लिनेे बताउनुभयाे । 

उपमेयर पदका उम्मेदवार अाचार्यले गठबन्धनका उम्मेदवारहरू जनताकाे राेजाइमा नपर्ने भन्दै अाफूहरू जितकाे नजिक पुगेकाे बताउनुभयाे । वडा अध्यक्ष पदका उम्मेदवार चुराबहादुर केसीले वडामा अाफू सहितकाे सेटले विजयी हासिल गर्ने विषयमा कुनै शंका नरहेकाे बताउनुभयाे । एमालेले सन्धिखर्क ७ काे महिला सदस्यमा मिना ज्ञवाली,दलिल महिला सदस्यमा पुष्पा नेपाली, खुल्ला सदस्यमा डुकलाल पाेखरेल र लक्ष्मण कंडेललाई उम्मेदवार बनाएकाे छ ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय