वडामै बसेर जनताको सेवा गर्छुः वडाध्यक्षका उम्मेद्वार गाहा

  
वडामै बसेर जनताको सेवा गर्छुः वडाध्यक्षका उम्मेद्वार गाहा

कपिलवस्तु, बैशाख २३ । महिला हक अधिकार संविधानमा सुनिश्चित गरेता पनि अझै पनि राजनितिक दलहरुले महिलाहरुलाई उपेक्षा गर्दै आएका छन् । आसन्न स्थानीय तहको निर्वाचनमा महिला उम्मेद्वारको संख्या न्युन छ । यहि बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा दलहरुले तामझामका साथ मनोनयन गरे तर महिला उम्मेद्वारको संख्यामा न्युन रह्यो । नेकपा एमालेले सबैभन्दा बढी महिला उम्मेद्वार बनाउने देशमै पहिलो पार्टी बनेको छ ।

अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं. १४ मा नेकपा एमालेले महिलालाई वडाध्यक्ष पदको रुपमा उम्मेद्वार उठाएको छ जुन प्रशंसनीय रहेको वडावासी तथा मतदाताहरुले बताएका छन् । शितगंगा नगरपालिका वडा नं. १४ मा नेकपा एमालेको तर्फबाट चुमा गाहा वडाध्यक्ष पदको उम्मेद्वार भएसंगै चर्चा चलेको छ ।

वि.स. २०३६ सालमा सिमलपानीमा जन्मिनुभएकी गाहा गएको स्थानीय तहको निर्वाचनमा वडासदस्यको रुपमा निर्वाचित हुनुभएको थियो । वडा सदस्य हुंदा वडावासीको सबै समस्या र वडामा गनुपर्ने विकास निर्माणका काम नजिकदेखि औल्याउने अवसर पाएकाले अब वडाध्यक्ष भएर वडावासीको सेवा गर्ने ईच्छा रहेकाले उम्मेद्वारी दिएको बताउनुभयो ।

वडामै बसेर वडावासीका घरघरमा गई काम गरी वडालाई समृद्ध बनाउने खाका तयार पार्नका लागि आफ्नो उम्मेद्वारी रहेको बताउनुभयो । वडाध्यक्ष पदकी उम्मेद्वार गाहाले बसाईसराई गरि सुगम अर्थात शहर जाने व्यक्ति निर्वाचनका बेला मात्र गाउँमा आएर जनताको समस्या र आवश्यकता बुझ्न नसक्ने बताउनुभयो । निर्वाचनमा जित्नु मात्र ठुलो कुरा नभई वडावासीका माग सम्बोधन गर्ने र वडाको भौतिक संगै सामाजिक रुपान्तरणमा भुमिका खेल्न आवश्यक रहेकोमा जोड दिनुभयो ।

विशेष गरि विभिन्न कारणले पछाडि परेका महिलाहरुको क्षमता विकास गरि आर्थिक उपार्जन, रोजगारी संगै आत्मनिर्भर बनाउने कार्यका लागि आफ्नो अहम भुमिका रहने बताउनुभयो । त्यसका लागि महिलाहरुलाई विभिन्न सिपमुलक तालिम, चेतनामुलक प्रशिक्षण तथा अवसर प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

 

वडामा रहेका नदीजन्य पदार्थ तथा प्राकृतिक स्रोत साधनको अवैध उत्खनन्मा रोकथाम, भ्रष्टाचारलाई निर्मुल पारी सुशासनको प्रत्याभुत गर्न, सामुदायिक वन क्षेत्रको संरक्षण तथा प्रवद्र्धन गर्दै शिक्षा क्षेत्रमा पछाडि रहेको वडा नंं १४ लाई मजबुत र बलियो बनाउने अठोट गर्नुभयो ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय