वडा अध्यक्षका उम्मेदवार चुँदालीका पाँचवर्षे योजना

  
वडा अध्यक्षका उम्मेदवार चुँदालीका  पाँचवर्षे योजना

स्थानीय निर्वाचनको लागि उम्मेदवारी दर्ता गराएसँगै उम्मेदवारहरू प्रचारप्रसारका केन्द्रित भइसकेका छन् । उनीहरू आफ्ना पाँचवर्षे योजनाहरूघरघरमै पुगेर प्रस्तुत गरिरहेका छन । यस्तैमा,अर्घाखाँचीको भुमिकास्थान नगरपालिका–९ मा (एमाले)बाट वडाध्यक्ष पदका उम्मेदवार खेमराज चुँदाली नयाँ योजनाहरूसहित चुनावी दौडमा छन् । उनले गाउँघरमै कृषि व्यवसाय गरेर उद्यमी बनाउन कृषि क्रान्ति थाल्ने योजना तयार पारेका छन् । देश कृषिप्रधान भएकाले कृषिमार्फत ठूलो संख्यामा रोजगारी सिर्जना गर्न सकिने उनको अनुभव छ । 

उनी भन्छन्, ‘यहाँको धेरै युवाहरू वैदेशिक रोजगारमा छन्, जसका कारण गाउँघरमा काम गर्ने जनशक्तिको कमी छ, भएको जमिन बाँझो हुने अवस्था छ, ती जनशक्तिलाई कसरी स्वदेश फर्काउने र वडालाई कसरी व्यवसायिक कृषितर्फ लैजान सकिन्छ भन्ने योजना मैले अघि सारेको छु ।’

  • वडाको गुरुयोजना निर्माण 

वडा नं ९ को समग्र विकासको लागि समस्या पहिचान गरी निराकरणतर्फ लाग्नेगरी उनले गुरुयोजना तयार पार्ने बताएका छन् । जसमा वडाका समस्या प्रष्टसँग लिपिवद्ध गरी वडाको समग्र दिगो विकासको अवधारणा तयार गरी त्यसको कार्यान्वयन गरिने छ । गुरुयोजना वडावासीसँग छलफल तथा विज्ञको सहयोगमा तयार पारिने छ । गुरुयोजनाले वडाका उत्पादनमुलक तथा विकासका कामलाई समेट्ने छ । 

  • कृषि विकास र पशुपालन

बीउ, मल, सिंचाई, बिजुली जस्ता उत्पादनका मुख्य सामग्रीहरूमा वडाका सबै किसानले पाउने गरी कृषि अनुदानको व्यवस्था गरीने छ। अनुदानमा टाठाबाठा र पहुँचवालाको हालीमुहालीको अन्त्य गर्दै वास्तविक किसानलाई अनुदान उपलब्ध गराउन सबै निकायलाई सचेत गराउने मेरो जिम्मेवारी रहने छ।कर्मचारीको मिलेमतोमा कागजी किसानहरूले अनुदान रकमको अपचलनको माध्यमबाट गर्दै आएको भ्रष्टाचारजन्य कार्यको अन्त्य गर्न मेरो निरन्तर खबदारी रहने छ।

हाम्रो वडा पशुपालनको लागि उपयुक्त भएको सबैलाई अवगत नै छ। अबको पाँच वर्षे कार्याकालमा व्यवसायिक पशुपालन गर्ने योजनालाई मैले जोड दिने छु । सहकारी/समुदायमा आधारित वृहत पशुपालन जस्तै बाख्रा, भैँसी, गाई, बङ्गुर, कुखुरापालनलाई सहकारीको माध्यमबाट अगाडि बढाउनेछौं यसबाट कृषि र पशुपालनाको विकाससँगै रोजगारी र आयआर्जनमा पनि लाभ मिल्ने छ । पशुपालनको लागि ओखेडाँडा, गैरागोठ (पुरानो स्कुल क्षेत्र) लगायत क्षेत्र प्रयोग हुनेछ । 

  • मसिना लेकलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने

वडाको अग्लो भुभागमा रहेको मसिना लेक पर्यटकीय सम्भावना बोकेको ठाउँ हो । यसलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गराउन प्रयास गर्नेछौं । उक्त स्थानको वन क्षेत्र, वन्यजन्तु,पानिका मुहानको संरक्षण गरी पर्वतीय क्षेत्र विकास र व्यवस्थापनमा अगाडि बढाउनेछौं ।  

  • सल्लाको रुख हटाई चिउरी र चिलाउनेका रुख रोप्ने

त्यस्तै, वडामा रहेका सामुदायिक वन–जंगलबाट आर्थिक आर्जन र रोजगारीको सम्भावना खोजिने छ । प्राय वनमा सल्लो मात्र रहेको हुनाले सल्लोलाई क्रमशः हटाई खण्ड–खण्ड गरी चिउरी, चिलाउने आदि लगाउने र कृषि वन तयार पारी वनबाट पनि आम्दानी लिने व्यवस्था मिलाउनेछौं । यसले मह उत्पादन बढाउने छ ।

  • घरघरमा खानेपानी र सिँचाइको व्यवस्था 

९ नम्बर वडामा हाल २५ वटा खानेपानीका श्रोत संचालनमा छन्। जसबाट ११०० घरधुरी मध्ये ९५० घरधुरी लाभान्वित छन्। बाकिँ घरधुरी खाने पानीको पहुँचमा छैनन् । ती घरधुरीमा खानेपानीको पहुँच पु¥याइने छ । पछिल्लो समयि अव्यवस्थित सडक निर्माणका कारण खानेपानीका मुहान सुक्ने अवस्थामा छन् अब हामि तिनको संरक्षण र विकासमा ध्यान दिनेछौं । त्यस्तै, पानिको संरक्षणको लागि बर्खे/आकाशे पानिको संकलन गरिने छ। ठाउँठाउँमा पानी संकलनको लागि पोखरी निर्माण गरिने छ । यस वडामा खानेपानीको पर्याप्तता भए अन्य वडामा पनि यहाँको मुहानको खानेपानी पठाइने छ । 

हाम्रो वडामा ठुल्ठूला खोला नाला नभएको कारण सिँचाईको अवस्था कमजोर छ। यद्यपी प्रत्येक घर धुरीमा आआफ्नो करेसाबारीमा नियमित उत्पादन गर्न खानेपानी र अन्य श्रोत पहिचान गरि पानीको आपूर्ती बढाउने छ । यसको लागि साना सिँचाईको योजना निर्माण गरिने छ । 

  • कक्षा १२ उतिर्ण गरेकालाई व्यवसायिक तालिम र सीप सिकाइने

हाम्रो शिक्षा पद्धति ब्यवाहरिक छैन । जहाँबाट १२ कक्षा पास गरेमा विद्यार्थीहरुले विभन्न ज्ञान हासिल गरि आफ्नो जिवन निर्वाहमा सदुपयोग हुनपर्ने हो। तर व्यवसायिक शिक्षाको अभावले यसलाई कार्यान्वयनमा ल्याउन सकिएको छैन। यसतर्फ अगाडि बढ्न हामि हाम्रा विद्यालयलाई व्यवसायिक शिक्षामुखी बनाउन प्रयत्न गर्नेछौं । सञ्चालनमा रहेका विद्यालयहरुमा विद्यार्थिको संख्या घटिरहेको हुँदा अभिभावकसँग छलफल गरिने छ ।

  • स्वास्थ्य चौकीको सुधार

वडामा रहेको स्वास्थ्य चौकी सुधार गरिने छ । नयाँ स्वास्थ्य चौकिलाई व्यवस्थापन गरी न्यूनतम स्वस्थ्य सुविधाको अवस्थामा सुधार ल्याउने छौं । 

  • पुर्वाधार तथा सडक निर्माणतर्फ

हामीले पाँच वर्षमा नुवाकोट–नरपानी मोटरबाटोलाई प्राथमिकतामा राख्ने छौं । मोटर बाटो निर्माण गर्न भुमिकास्थान नगरपालिकालाई दवाव दिनेछौ। केन्द्रिय तथा प्रदेश सरकारसँग लबिङ्ग/छलफल गरी बजेट तर्जुमामा लाग्ने प्रतिज्ञा गर्दछौं । ५ वर्षभित्र नरपानि–नुवाकोट साना चारपांग्रेगाडि नियमित सञ्चालन गरिने छ । काठमाडौँ तथा बुटवलमा रहेको ढिकुरावासीको समेत सहयोग लिनेछौैं । अन्य बाटो–घाटो नियमित रुपमा सञ्चालन गरिने छ ।

  • सम्पदा संरक्षण र जेष्ठ नागरिक भवन निर्माण

वडामा सामुदायिक भवन, जेष्ठ नागरिक भवन, मठ–मन्दिरको हेरचाह र निर्माणको लागि पहल गरिने छ ।

  • सहकारीको माध्यमबाट कृषिको विकास 

यस वडामा रहेका सहकारी संस्थाहरुलाई सक्रिय रुपमा परिचालन गरी व्यवसायिक रुपमा उत्पादन गरिने छ । त्यसको बजारीकरणको यव्यवस्था मिलाइने छ सहकारी संस्थाका आ–आफ्ना भवन निर्माण गराउन सहयोग गर्नेछौं । व्यवस्थित रुपमा सहकारी संचालन गरी आय आर्जन गरी आर्थिक उन्नति वृद्धी गर्न प्रयत्न गर्नेछौं उत्पादनको व्यवसायिकिकरण र बजारीकरणको लागि बुटवल तथा काठमाडौँमा रहेका ढिकुराबासीलाई समेत सरिक गराइने छ । साथै उहाँहरको ज्ञान,सीप र सहकार्य गर्नेछौ ।

अमेरिका, यूरोप, जापान आदि देशमा रहेका ढिकुरावासीको पहिचान गरी हाम्रो ढिकुरा, राम्रो ढिकुरा र उत्पादनशिल ढिकुरा, मेहेनती ढिकुराको रुपमा चिनाउन प्रयत्न गर्नेछौं । त्यस्तै वडामा रहेका सहकारी संस्थाहरु मार्फत सस्तो पसलको अवधारणा तयार गरी सञ्चालनमा ल्याउनेछौं । 

त्यस्तै, अनलाईनबाट विद्युत महसुल बुझाउन सकिने व्यवस्था मिलाइने छ । वडामा नियमित, भरपर्दो र गुणस्तरिय विद्युत सेवाको लागि नेपाल विद्युत प्राधिकरणसंग समन्वय गरिने छ ।सामुदायिक विद्युतलाई व्यवस्थित गरिने छ ।ग्राहकको बैँक खाता खोलि ईन्टरनेटको माध्यमबाट घर बसेर बिल भुक्तानि गर्ने मिल्ने व्यवस्था मिलाइने छ । कल्पिक उर्जासँग समन्वयन गरी विद्युतिय चुलोको प्रवद्र्धन गरिनेछ ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय