सन्धिखर्कका मेयर पदका उम्मेदवार श्रेष्ठकी आमाको निधनप्रति एमाले अध्यक्ष ओलीको शोक वक्तव्य

  
सन्धिखर्कका मेयर पदका उम्मेदवार श्रेष्ठकी आमाको निधनप्रति एमाले अध्यक्ष ओलीको शोक वक्तव्य

अर्घाखाँची वैशाख २७ । नेकपा एमालेको तर्फबाट सन्धिखर्क नगरपालिकाका प्रमुख पदका उम्मेदवार कृष्ण प्रसाद श्रेष्ठकी आमाको निधन प्रति नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले शोक वक्तव्य जारी गर्नुभएको छ ।

श्रेष्ठकी आमा उमाकुमारीको बैशाख २६ गते बिहान निधन भएको हो । ‘हाम्रो पार्टी नेकपा एमाले अर्घाखाँचीका जिल्ला कमिटी सदस्य, प्रदेश क्षेत्र नं. २ कमिटीका सचिव, उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य तथा नेकपा एमालेको तर्फबाट सन्धिखर्क नगरपालिकाको नगरप्रमुख पदका उम्मेदवार कृष्णप्रसाद श्रेष्ठकी ममतामयी माता उमाकुमारी श्रेष्ठको यहि मिति २०७९ साल बैशाख २६ गतेका दिन ८६ वर्षको उमेरमा भएको असामयिक निधनले हामी अत्यन्तै दुखित एवं मर्माहत भएका छौं’ शोक वक्तव्यमा अध्यक्ष ओलीले लेख्नुभएको छ, ‘दुखको यस घडीमा दिवंगत उमाकुमारी श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु ।’

एमाले सन्धिखर्कका मेयर पदका उम्मेदवार श्रेष्ठलाई मातृशाेक

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय