अर्घाखाँचीमा मेयर, उपमेयरका उम्मेदवार चढेको गाडी दुर्घटना

  
अर्घाखाँचीमा मेयर, उपमेयरका उम्मेदवार चढेको गाडी दुर्घटना

सन्धिखर्क, बैशाख २७ । अर्घाखाँचीमा मेयर, उपमेयरका उम्मेदवार चढेको गाडी दुर्घटना भएको छ ।

सन्धिखर्क नगरपालिकाका गठबन्धनका नगर प्रमुखका उम्मेदवार शान्ता भन्डारी तथा उपप्रमुखका उम्मेदवार राजेन्द भुसाल चढेको बा.२१ च ९२८१ न. को कार दुर्घटनामा परेको हो ।

सन्धिखर्क नगरपालिका वडा न. ३ को फुदबाङमा गाडी अनियंत्रित भई गाडी दुर्घटनामा भएको हो ।

सन्धिखर्क नगरपालिका वडा न.५ को बलेवाङमा आयोजित चुनाबी कोणसभालाई सम्बोधन गर्न जाने क्रममा गाडी दुर्घटनामा परेको हो ।

दुर्घटनामा गाडीको एयर ब्याग खुलेको कारण मानविय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय