अर्घाखाँचीमा स्थानीय चुनावमा एमाले किन सफल भयाे ? 

  
अर्घाखाँचीमा स्थानीय चुनावमा एमाले किन सफल भयाे ? 

नेकपा हुँदाकाे अवस्थामै पार्टी फुटकाे संघारमा रहँदा अधिकांश जिल्लाका शिर्ष नेताहरू दुई पक्षमा विभाजित हुन पुगे तर हाम्राे जिल्लाका सबै सांसदहरू एकै ठाउँमा उभिएर राष्ट्रिय स्तरमै नमूना प्रदर्शन गर्नुभयाे ।

तत्कालीन संघीय सांसद टाेपबहादुर रायमाझी, राष्ट्रियसभा सांसद चन्द्रबहादुर खड्का (उज्ज्वल) ( दुबै जना सर्वाेच्चले एमाले, माओवादी पुनर्स्थापना गरिदिएपछि एमालेमा रहँदा सांसद पद गुमाउन पुग्नुभएका ) उहाँहरू सहित प्रदेश सांसदहरू चेतनारायण आचार्य, रामजी घिमिरे, जाल्पा भुसाल सबैले केपि ओलीकाे मुल नेतृत्वलाई समर्थन गर्दै एकढिक्का हुनुभयाे, जुन एकताले निरन्तरता पाइरह्याे ।

 नेकपाकाे निरन्तरता स्वरूप अाफूहरू एमालेमै रहने उद्घाेष सहित रायमाझी र खडकासँगै थुप्रै नेता, कार्यकर्ता एमालेमा समाहित भए । यसै बलियाे रहेकाे एमालेकाे संगठनलाई जस्ले थप मजबुत बनायाे ।

एमाले विभाजन भएर नेकपा समाजवादी बनेपनि जिल्लामा त्यसकाे प्रचाव निकै कम रह्यो । याेग्य व्यक्तिहरू चयन गर्दै वडा तथा पालिका कमिटीहरू सर्वसम्मत चयन गरियाे ।

पार्टीमा निकै लगनशीलता पूर्वक लाग्ने, निष्ठावान नेता, कहिँकतै कुनै विषयमा कसैले चुकाउन नसक्ने पीताम्बर भुसाल पार्टी अध्यक्षकाे रूपमा सर्वसम्मत चयन भएपछि कार्यकर्तामा ठूलाे खुसियाली तथा उत्साह छायाे । शिर्ष नेताहरूकाे उपस्थितिमा पार्टी प्रवेशकाे कार्यक्रमलाई जिल्लाभर तीब्र पारियाे ।  

जिल्ला तथा पालिका कमिटी सर्वसम्मत चयन भएपछि कुनै आन्तरिक समस्या देखा परेन । टिकट वितरणमा निकै चलाखीपूर्ण ढंगले सुझवुझता अपनाइयाे । निर्वाचनकाे बखत नेता, कार्यकर्ताकाे सक्रियता लाेभलाग्दाे रहन पुग्याे । युवा परिचालनमा विशेष ध्यान दिन पार्टी सफल भयाे । उम्मेदवारहरूलाई नेताहरूकाे सल्लाह,सुझाव तथा निर्देशनकाे कमी रहेन ।

बलियाे संगठन र लाेकप्रिय उम्मेदवारहरूकाे संयाेजन नै जितकाे अाधार बन्न पुग्याे । समग्रतामा सफलता हासिल गरेपनि केहि समस्याहरू देखा परेका छन् । वडा तहमा स्पष्ट अन्तरघात भएका प्रमाणहरू फेला परेका छन् ।

जस्का कारण वडा अध्यक्ष र सदस्य पदका उम्मेदवारहरू जितकाे नजिक पुगेर पराजित भएका छन् । वर्तमान नेतृत्व अन्तरघातीहरूलाई कारवाही गर्न निर्मम बन्ने छ भन्ने अपेक्षा राख्दछु ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय