एमाले अध्यक्ष ओलीले गरे कलाकारलाइ सम्मान 

  
एमाले अध्यक्ष ओलीले गरे कलाकारलाइ सम्मान 

स्थानीय चुनावमा नेकपा एमालेको पक्षमा जनमत सिर्जना गर्ने कलाकारहरू सम्मानित भएका छन्। राष्ट्रिय जन सांस्कृतिक महासंघको घटक संगठन , राष्ट्रिय जनसंगीत कलाकार संघ, नेपालले आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष ओलीले कलाकारहरुलाई कदरपत्र द्धारा सम्मान गरेका हुन् ।

यस कार्यक्रमको अध्यक्षता बैकुण्ठ महतले गरेका थिए । प्रमुख अतिथि एमाले अध्यक्ष केपी ओली थिए । देशै भरीबाट कलाकारहरु यसकार्यक्रममा सम्मानित हुने अबसर पाएका थिय । 

कमल वली,बद्री पंगेनी, पूर्णकला बिसी लगायत अर्घाखाँचीका कलाकार पनि ठुलै सङ्ख्यामा सम्मानित भएको देख्न पाइयो । कलाकारिता क्षत्रमा फड्को मार्दै अगाडि बढेका कलाकारहरु जनसांकृतिक महासंघका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज मोतिराज खनाल , गायककार / संगितकार तथा रचनाकारको रुपमा सम्मानित भएका थिए । खनालले चुनावमा आयो एमाले छायो एमाले भन्ने गीत बजारमा ल्याएका थिए ।

जन संगितका केन्द्रीय सदस्य चिरञ्जीवी अर्याल / जिवन परियार साथै गायक कुशल बेल्बासे, अभिनव चौहान , दर्पण यात्री , सुनितामी परियार, प्रदीप खड्का , रेखा विश्वकर्मालाई भब्य कार्यक्रमका बिच सम्मान तथा प्रसंशा पत्र वितरण गरिएको थियो। 

उक्त कार्यक्रमले कलाकारहरुलाईलाई थप हौसला मिलेको कलाकारहरुले बताए । एउटै कार्यक्रममा यतिधेरै कलाकार सर्जक हरुलाइ सम्मान भएको सायद पहिलो हो । राष्ट्रिय जन संगित कलाकार संघले कलाकारहरुलाइ यसरी भब्य कार्यक्रममा सम्मान गरेकोमा कलाकार हरुले आयोजकलाइ धन्यवाद ज्ञापन गरेका थिए ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय