अर्घाखाँची छत्रदेव ३ वेलवाकी एक विबाहित युवती बेपत्ता

  
अर्घाखाँची छत्रदेव ३ वेलवाकी एक विबाहित युवती बेपत्ता

दिपक भुसाल
बल्कोट, अर्घाखाँची
अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नम्बर ३ वेलवाकी एक विबाहित युवती बेपत्ता भएकी छिन् ।

बल्कोटको वेलवा सुरज विश्वकर्माकी ३०वर्षिया श्रीमती दुर्गा विश्वकर्मा (सुप्रिया) गत श्रावण १० गतेदेखि बेपत्ता भएकी हुन् ।

श्रावण १० गते बिहानै कसैलाई केही नभनि घरबाट हिंडेकी दुर्गा १ हप्ता हुन लाग्दा पनि कसैको संपर्कमा आएकी छैनन् । परिवारले छरछिमेकी, आफन्तकोमा खोजी गर्दा पनि फेला पार्न नसकेको र अहिलेसम्म , न घरमा नफर्केको भन्दै खोजी गरिदिन प्रहरीलाई गुहारेका छन् ।

कसैले देखेमा नजिकको प्रहरीचौकी वा उहाँको श्रिमान ९८४७३६१९९६ वा पत्रकार दिपक भुसाल ९८६०४३८६४४ नम्बरमा संपर्क गर्न सकिने परिवारले बताएको छ ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय