डिआरजी सुमन
दुर्गाफाँट,अर्घाखाँची । शुक्रवार, १७ भदौ २०७९ । पाणिनि पत्रकार समाज नेपालद्धारा पाणिनि गाँउ पालिकामा जनप्रतिनिधीसँग परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । पाणिनि गाँउ पालिका को सभा हलमा शुक्रवार आयोजित कार्यक्रममा पाणिनि पत्रकार समाज का अध्यक्ष प्रकाश प्युठानीको अध्यक्षता,पाणिनि गाँउ पालिका अध्यक्ष टेकराज न्यौपानेको प्रमुख आथित्यता तथा प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालको विशिस्ट आथित्यता रहेको कार्यक्रममा पाणिनि गाँउ पालिका मा निर्वाचन वडा अध्यक्ष कमल पोखरेल ,चन्द्रकान्ता पौडेल, युवराज ज्ञावली,हरी प्रसाद घिमिरे,ईन्द्रामणि घिमिरे,गुनाखर अधिकारी र रोम पाण्डे लगायतका जनप्रतिनिधीको उपस्थिति रहेको थियो ।

पाणिनि गाँउ पालिकाको विकासमा स्थानीय निकायका जनप्रतिनिधी र पाणिनि पत्रकार समाज नेपालको सहकार्य रहेको विषयलाई कार्यक्रमका सहभागिले जोड दिएका थिए ।
पाणिनि गाँउ पालिकामा पत्रकारितामा नयाँ आयामको रुपमा स्थापित पाणिनि पत्रकार समाजले कुनैपनि राजनीतिक दल आडमा नभई निष्पक्ष रुपमा पत्रकारिता गरेको खण्डमा पाणिनि गाँउ पालिकाको विकासमा महत्वपूर्ण टेवा पुग्ने वताउदै देशभरको पत्रकारितामा राजनीतिक दल को दुर्गन्ध फैलिएकोले यस समाजमा दलको दुर्गन्ध नआओस भन्ने विषयमा जोडदिदै स्वतन्त्र र निष्पक्ष रुपमा पत्रकारिता गर्न स्वतन्त्र पत्रकार डिआरजी सुमन को सुझाव रहेको थियो ।

पाणिनि गाँउ पालिका भित्रहुने हरेक सार्वजनिक गतिविधीमा प्रतक्ष्य निगरानी राख्दै खराव काम भएको स्थानमा खवरदारी गर्दै सत्य तथ्य प्रमाणित गरेको विषयलाई समाचार मार्फ़त सार्वजनिक गर्न पाणिनि गाँउ पालिका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले सुझाव दिनु भएको छ । पाणिनी गाँउ पालिकामा पाणिनि पत्रकार समाज नेपाल को स्थापना भएकोमा वधाई दिदै कुनैपनि राजनीतिक पार्टीको दुर्गन्ध नआउनेगरी पत्रकारिता गरेको अवस्थामा मात्र आफुले आवश्यक आर्थिक,नैतिक र भौतिक रुपमा सपोट गर्ने पाणिनि गाँउ पालिका ३ नं वडा अध्यक्ष युवराज ज्ञावलीको भनाई छ ।

पाणिनि पत्रकार समाज नेपालको स्थापना ले आफुलाई खुसी दिलाएको वताउदै सत्य तथ्यमा आधारित पत्रकारिता गरेको खण्डमा मात्र यस समाजलाई सवैले सपोट गर्न सक्ने पाणिनि गाँउ पालिका ०७ नं वडा अध्यक्ष गुनाखर अधिकारीले वताउनु भएको छ । पाणिनिमा पत्रकारिता संगठन को उदय हुनु गौरव को विषय भएको वताउदै कुनै राजनीतिक दलको आड नलिएर जनताको पक्षमा पत्रकारिता गरेको खण्डमा पाणिनि गाँउ पालिका को विकासात्मक कार्यमा कोशेढुंगा सावित हुने पाणिनी गाँउ पालिका २ नं वडा अध्यक्ष चन्द्राकान्ता पौडेलले वताउनु भएको छ ।

नेपालको संवैधानिक व्यावस्था वमोजिम राष्ट्रको महत्वपूर्ण अंगको रुपमा रहेको पत्रकारितालाई निष्पक्ष र स्वतन्त्र रुपमा लैजान सकेको खण्डमा मात्र पाणिनिको समग्र विकासमा पत्रकारिताको महत्वपूर्ण भूमिका रहने पाणिनि गाँउ पालिका ५ नं वडा अध्यक्ष इन्द्राणी घिमिरेले वताउनु भएको छ ।

पाणिनि पत्रकार समाज नेपालले निष्पक्ष रुपमा स्वतन्त्रता पुर्वक पत्रकारिताको महत्वपूर्ण भूमिका निभाई जनप्रतिनिधीलाई विकासात्मक कार्यक्रममा सहजीकरण गर्ने र ग़लत कार्य भएको खण्डमा खवरदारी गरी पाणिनिको विकासमा टेवा पुर्याउन आवश्यक रहेको पाणिनि गाँउ पालिका ४ वडा अध्यक्ष हरी प्रसाद घिमिरेले वताउनु भएको छ ।

पाणिनि गाँउ पालिकामा पाणिनि पत्रकार समाज नेपाल नामको संस्था नै स्थापना भएको प्रति वधाई व्याक्त गर्दै आगामी समयमा पाणिनि गाँउ पालिकाको हरेक महत्वपूर्ण कार्यक्रममा प्रतक्ष्य सहभागी भएर जनता र जनप्रतिनिधी विचको मध्यस्थता वनेर स्वतन्त्र पत्रकारिता गर्न आवश्यक रहेको पाणिनि गाँउ पालिका अध्यक्ष टेकराज न्यौपानेले वताउनु भएको छ ।

पाणिनि गाँउ पालिकाको पत्रकारितामा स्वतन्त्र र निष्पक्ष समाचार उठ्ठान गर्ने क्रममा पाणिनि पत्रकार समाज नेपाल पदाधिकारी वाँ सदस्यले दुर्गन्ध फैलाउन कार्य नगर्ने र गरेको खण्डमा कड़ा रुपमा प्रस्तुत हुने वताउदै जनप्रतिनिधीले पनि ग़लत कार्य गरे नछाड्ने अध्यक्ष प्रकाश प्युठानीले वताउनु भएको छ । - तस्वीर डिआरजी सुमन/दुर्गाफाँट,अर्घाखाँची ।

प्रतिकृया दिनुहोस