डिआरजी सुमन
दुर्गाफाँट, विहिवार । १५ मंसिर २०७९ अर्घाखाँची । नेकपा एमालेका सांसद विजय पश्चात् गाँउ गाँउमा टिका र माला ग्रहण गर्नमा व्यास्त भएकाछन ।
वुधवार विहान पाणिनि गाँउ पालिका ७ अड्गुरी पुगेका जनप्रतिनिधीहरु दिउसो पोखराथोकको होलीडाडामा आयोजित सुभकामना आदानप्रदान तथा औपचारिक वधाई ज्ञापन कार्यक्रममा सहभागिता जनाएका थिए ।
नेकपा एमालेका जिल्ला अध्यक्ष पितम्वरभूसाल सहित पाणिनि पुगेका प्रतिनिधि सभा सदस्य टोप वहादुर रायामाझी,लुम्बिनी प्रदेश सभा सदस्य द्धय चेत नारायण आचार्य ररामजी प्रसाद घिमिरेलाई स्थानीय पार्टी नेता कायकर्ताले माला र टिका मार्फ़त चोक चोकमा स्वागत गरेको देखिन्थ्यो ।
२०७४ कोनिर्वाचनमा यसै स्थानवाट सोही पदमा निर्वाचित भई सकेका तीनै सांसद २०७९ मा पुनः निर्वाचित हुदा पनि सम्मान गर्नेको संख्यामा कुनैकमि देखिएको महसूस गर्न नपर्ने जनमानसमा आभास देखा परेको थियो ।
पाणिनि गाँउ पालिका २ पोखराथोक स्थित होलीडाडामाआयोजित कार्यक्रममा संक्षिप्त मन्तव्य राख्दै प्रतिनिधि सभा सदस्य टोप वहादुर रायामाझीले आफुले जनताको माँग वमोजिम नै निरन्तरकाम गरेको कारण निर्वाचित हुने गरेको वताउदै झुटा भाषणबाज़ीमा होईन जनताको काम गरेर आफुसँग प्रतिस्पर्धा गरेको भए सवैलाईराम्रो हुने अभिव्यक्ति सार्वजनिक गर्नु भएको छ ।
लुम्बिनी प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरेले आफ्नो मन्तव्यको क्रममा आफ्नो कार्यकालको पाँच वर्षमा पुरा हुन वाँकिवहुआयामिक योजना पुरा गर्नको लागी जनताले पुनः अत्यधिक मत दिएको वताउनु भएको छ ।
पाणिनि गाँउ पालिका स्थित आठओटैवडामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा सहभागिता जनाईं प्रतिनिधिहरु अवेर रात जिल्ला सदरमुकाम सन्धिखर्क पुगेको एमालेअध्यक्ष पिताम्बर भूसालले जानकारी दिनु भएको छ ।
राष्ट्रीय युवा संघ पाणिनि पालिका कमिटी अध्यक्ष वसन्त केसी,युवा नेता झविनसुनाम,खुम सूर्यवंशी,किरण जीसी,शिव वेल्वासे लगायत नव निर्वाचित जनप्रतिनिधी सहित एमाले नेताको यात्रा व्यवस्थापनलाई थपमजवुत वनाएका थिए ।
पाणिनि गाँउ पालिका ३ खिदिमको फर्सहवामा अवेर रात पुगेका जनप्रतिनिधी सहितको टोली पाणिनि गाँउपालिका को केन्द्र दुर्गाफाँटमा विशेष समय लिएर सहभागिता जनाउने गरी टोली सन्धिखर्क प्रस्थान गरेको राष्ट्रीय युवा संघ पाणिनिकमिटीले जनाएको छ । - तस्वीर डिआरजी सुमन/दुर्गाफाँट, अर्घाखाँची ।
प्रतिकृया दिनुहोस