फेसबुकका मालिक जुकरबर्गको सम्पत्ती १ खर्ब डलर पुग्यो

  
फेसबुकका मालिक जुकरबर्गको सम्पत्ती १ खर्ब डलर पुग्यो

एजेन्सी । विश्वको सबैभन्दा लोकप्रिय सामाजिक संजाल फेसबुकका संस्थापक तथा सिइओ मार्क जुकरबर्गको सम्पत्ति १ खर्ब डलर पुगेको छ ।
फेसबुक कम्पनीले टिकटकको प्रतिस्पर्धी एपको रुपमा इन्स्टाग्राम रील्स सार्वजनिक गरेसँगै फेसबुकको शेयर मूल्यमा बढोत्तरी भएको हो । शेयर मूल्यमा बढोत्तरी भएसँगै जुकरबर्गको निजी सम्पत्तिले १ खर्ब डलरको आँकडा पार गरेको हो । शर्ट भिडियो मेकिङ एप, इन्स्टाग्राम रील्स लञ्च गरेसँगै फेसबुक कम्पनीको शेयर मूल्यमा ६ प्रतिशतले वृद्धी भएको छ । जसका कारण कम्पनीमा १३ प्रतिशत शेयर स्वामित्व रहेका जुकरबर्गको सम्पत्तिमा समेत उल्लेख्य वृद्धि भएको हो ।
यो सँगै जुकरबर्ग एक खर्ब डलर सम्पत्ति हुने विश्वका तेश्रो व्यक्ति बन्न सफल भएका छन् । अहिलेसम्म एक खर्ब डलर सम्पत्ति हुने व्यक्तिहरुमा अमेजन सिइओ जेफ बेजोस र माइक्रोसफ्ट संस्थापक बिल गेट्स मात्र थिए । खर्बपति जुकरबर्गले आफ्नो जीवनकालमा फेसबुक कम्पनीमा आफ्नो नाउँमा रहेको शेयर मध्ये ९९ प्रतिशत कल्याणकारी कार्यमा दान गर्ने घोषणा गरिसकेका छन् । यसका लागि पत्नी प्रिसिला चानसँगै जुकरबर्गले एक च्यारिटी संस्था समेत स्थापना गरेका छन् ।

 

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय