सन्धिखर्क नगरपालिकाले गाई–भैंसीलाई सुत्केरी भत्ता प्रदान गर्ने

  
सन्धिखर्क नगरपालिकाले गाई–भैंसीलाई सुत्केरी भत्ता प्रदान गर्ने

अर्घाखाँची । कृषि र पशुपालनलाई पहिलो प्राथमिकतामा राखेको अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले गाई–भैंसीलाई सुत्केरी भत्ता प्रदान गर्ने भएको छ ।

कृषकलाई पशुपालनमा आकर्षित गर्न यस आर्थिक वर्षमा गाई–भैंसीलाई सुत्केरी भत्ताको व्यवस्था गरेको सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालले बताए । कोरोनाका कारण स्वदेश तथा बिदेशबाट रोजगार गुमाएर फर्किएका तथा यँहीं बसेर पशुपालन गर्ने कृषकलाई प्रोत्साहान गर्न सुत्केरी भत्ता प्रदान गरिने नगर प्रमुख भुसालको भनाइ छ । 

घरमा गाइभैंसी सुत्केरी भएका कृषकलाई सुत्केरी भत्ता स्वरुप २ हजार रुपैयाँ प्रदान गरिने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद सापकोटाले बताए । गाईभैंसी सुत्केरी भएको २ महिना अवधिभित्र वडा कार्यालयको सिफारिश सहित नगरपालिकामा निवेदन दिनुपर्ने उनको भनाइ छ । 

गाई–भैंसी सुत्केरी हुँदा खुवाउनु पर्ने तेल, ज्वानो, जाइफल, भेलीलगायतका सामग्री खरिद गर्न कृषकलाई सहज होस् भनेर यो कार्यक्रम संचालन गरीएको नगरपालिकाले जनाएको छ । साथै नगरपालिकाले पशु बिमा गर्ने किसानलाई बिमाको ५० प्रतिशत रकम पनी अनुदान स्वरुप प्रदान गर्ने भएको छ ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय