भोलिबाट नेपालमा मनसुन सुरु हुने ,यो वर्ष अधिक वर्षा हुने अनुमान

  
भोलिबाट नेपालमा मनसुन सुरु हुने ,यो वर्ष अधिक वर्षा हुने अनुमान

काठमाडौं,जेठ २७ । जल तथा मौसम विज्ञान विभागका अनुसार भोलि (शुक्रबार) बाट नेपालमा यो वर्षको मनसुन सुरु हुने छ । पूर्वी नेपाल हुँदै भोलिबाट मनसुन सुरु हुन लागेको हो । 

“भोलि पूर्वबाट नेपालमा एउटा न्यूनचापीय क्षेत्र प्रवेश गर्ने देखिन्छ । त्यसैले भोलिबाट नेपालमा मनसुन सुरु हुने छ,” मौसमविद् समीर श्रेष्ठ भन्छन् ।

यो वर्ष अधिक वर्षा हुने विभागले जनाइसकेको छ । अधिक वर्षा हुने भएकाले सम्भावित क्षति हुन नदिन आवश्यक गृहकार्य सुरु गर्न विभागले जिल्ला विपद् व्यवस्थापन समितिलगायत सरोकारवाला निकायलाई आग्रह गरिसकेको छ । 

अहिले नेपालमा प्रि–मनसुनको चलिरहेको छ । हाल नेपालमा पश्चिमी वायु, पूर्वीय वायु र स्थानीय वायुको मिश्रित प्रभाव रहेको छ ।

यसैबीच, आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै  स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ विभागले जनाएको छ । देशका केही स्थानमा भारी वर्षाको संभावना रहेको मौसमविद् श्रेष्ठ भन्छन् । 

उनले आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै  स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताए । देशका एकदुई स्थानमा भने भारि वर्षाको संभावना छ ।

देशका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना र केही स्थानमा भारी वर्षा पनि हुने देखिएकाले  आवश्यक सतर्क हुन विभागले आग्रह गरेको छ । 

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय