यसरी हेर्नुहोस् फेसबुक म्यासेन्जरमा डिलिट गरिएका म्यासेज

  
यसरी हेर्नुहोस् फेसबुक म्यासेन्जरमा डिलिट गरिएका म्यासेज

काठमाडौं । हामीले फेसबुक म्यासेन्जरमा पठाइसकेको म्यासेज कहिलेकाहिँ डिलिट गर्ने गरेका छौं । टाइपिङमा गल्ती हुँदा, एउटालाई पठाउनुपर्ने म्यासेज अर्कैलाई पठाउँदा वा अन्य कुनै कारण हामी हत्तपत्त म्यासेज डिलिट गर्छौं ।

 

जसकारण त्यस्तो म्यासेज पाउने व्यक्तिले पढ्न सक्दैन । म्यासेज आएको नोटिफिकेशन प्राप्त गरेपनि उसले म्यासेज डिलिट वा अनसेन्ट भएको सन्देश देख्छ । यस्तो अवस्थामा म्यासेजलाई लिएर धेरै खुल्दुली मनमा हुन्छ । डिलिट भएको म्यासेज पढ्न मिल्ने सुविधा फेसबुकले आधिकारिक रुपमा उपलब्ध गराएकाे छैन ।

 

तर, डिलिट भएको म्यासेज पढ्न सकिने जुक्ति भने छ, जुन एन्ड्रोइड प्रयोगकर्ताले प्रयोग गर्न सक्नेछन् । आज हामी म्यासेन्जरमा डिलिट भएको म्यासेज कसरी हेर्न सकिन्छ भन्नेबारे चर्चा गर्दैछौं ।

 

अहिले एन्ड्रोइड प्रयोगकर्तालाइ लक्षित केही थर्ड पार्टी एप बनेका छन्, जसको सहायताले डिलिट गरिएको मेसेन्जरको म्यासेज हेर्न सकिन्छ । यसअन्तर्गत आज हामी डब्लूएमएआर ‘WMAR को प्रयोग गरी यो टिप्स तयार पार्दैछौं ।

 

१. यसका लागि पहिले गुगल प्ले स्टोरमा गएर WAMR एप सर्च गर्नुहोस् । 

२. एप इन्स्टल गर्नुहोस् ।

३. एप ओपन गर्नुहाेस् र डिस्क्लेमर पढेर Accept  गरी नेक्स्ट एरोमा क्लिक गर्नुहोस् ।  

 

४. त्यसपछि तपाईंले डिलिट भइकाे म्यासेज रिकभर गर्न चाहेको एप चयन गर्नुहोस् । अहिले हामी मेसेन्जरको लागि मात्र परीक्षण गर्नेछौं ।  

५. त्यसपछि सबै इन्स्ट्रक्सन पढेर स्वाइप गर्दै सेटअप स्क्रिनसम्म जानुहोस् ।  

६. नोटिफ़िकेसन रिडर इनेबल गर्नुहोस् ।  

७. यति गरिसकेपछि तपाईं अब मेसेन्जरमा आएको डिलिटेड म्यासेज एपमा गएर हेर्न सक्नुहुन्छ ।

 

एप इन्स्टल गरेपछि डिलिट गरिएको म्यासेजमात्र एपमा गएर हेर्न सक्नुहुन्छ । एप इन्स्टल हुनुभन्दा अघिका म्यासेज भने डिलिट गरेपनि हेर्न सकिने छैन ।

हालसालै प्राप्त भएको, तर हेर्न नभ्याएको म्यासेज यदि डिलिट भएको रहेछ भने मात्र यो प्रक्रिया उपयोगी हुन्छ । यो एपको प्रयोगबाट डिलिट गरिएका टेक्स्ट म्यासेज मात्र हेर्न सकिन्छ । लिंक, फोटो, भिडिओहरु भने हेर्न मिल्दैन ।  

 

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय