आइडिया स्टुडियोको छैठौं संस्करण सुरु, यसरी दिनुहोस् आवेदन

  
आइडिया स्टुडियोको छैठौं संस्करण सुरु, यसरी दिनुहोस् आवेदन

काठमाडौं । स्टार्टअप व्यवसायिक सोचहरूलाई परामर्श देखि व्यवसाय सञ्चालन सम्म सहयोग गर्ने उद्देश्यले सुरु भएको आइडिया स्टुडियोको छैठौं संस्करणको लागि आवेदन आजबाट खुल्ला गरिएको छ ।

 

कुनै पनि व्यवसाय एउटा सोचबाट सुरु हुने र सो सोचलाई हुर्काउन आवश्यक छ भन्ने सोच सहित आइडिया स्टुडियो नेपालले सन् २०१६ देखि स्टार्टअप व्यवसायहरूलाई सहयोग गर्दै आएको छ । आइडिया स्टुडियो नेपालका कार्यकारी निर्देशक क्षिरिङ लामाका अनुसार यो वर्ष पनि स्टार्टअपका विभिन्न नयाँ सोचहरूलाई प्रोत्साहन गर्ने उद्देश्य सहित छैठौं संस्करणको लागि आवेदन खुल्ला गरिएको हो ।


यस अन्तर्गत आइडिया स्टुडियो नेपालले सहभागीहरूलाई उनीहरूको व्यवसायको लागि परामर्श दिने, स्रोत साधनहरू जुटाइदिने, काम गर्ने वातावरण बनाइदिनुका साथै लगानीको अवसरहरू सिर्जना गरिदिने कामहरू गर्नेछ । यो वर्ष करिब ३५ वटा व्यवसायहरूलाई व्यवसायिक सहयोग गर्ने लक्ष्य रहेको कार्यकारी निर्देशक लामाले जानकारी दिएका छन्। सहभागी टोली मध्ये मेड इन नेपाल, सोसल इम्प्याक्ट, हाई फ्लाइङ र ग्रिनोभेशन गरी चारवटा क्याटगोरीका व्यवसायिक सोचहरू लगानीको लागि योग्य हुनेछन् ।

 

इच्छुकहरूले यहाँ गएर आवेदन दिनसक्नुहुन्छ ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय