मोबाइल बैंकिङ प्रयोगकर्ताको सङ्ख्या पौने २ करोड नाघ्यो, यस्तो छ पछिल्लो तथ्याङ्क

  
मोबाइल बैंकिङ प्रयोगकर्ताको सङ्ख्या पौने २ करोड नाघ्यो, यस्तो छ पछिल्लो तथ्याङ्क

नेपालमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या पौने दुई करोड नाघेको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको तथ्याङ्कअनुसार पछिल्लो पाँच महिनामा देशभरबाट मोबाइल बैंकिङको प्रयोगकर्ता एक करोड ५९ लाख ४१ हजार ५३५ पुगेको छ ।

 

कात्तिक मसान्तसम्ममा मोबाइल बैंकिङका कूल प्रयोगकर्ताको संख्या एक करोड ५४ लाख ३० हजार ३७९ थियो । कूल संख्यामध्ये ‘क’ वर्गको बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ता एक करोड ४१ लाख ४५ हजार ९१० पुगेका छन् ।

 

त्यस्तै ‘ख’ वर्गको बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ता १७ लाख २५ हजार ६५ पुगेका छन् भने ‘ग’ वर्गको बैंकका मोबाइल बैंकिङ प्रयोग गर्ने प्रयोगकर्ताकाे संख्या ७० हजार ५६० जना छ ।

 

यसैबीच इन्टरनेट बैंकिङ प्रयोग गर्ने प्रयोगकर्ताको संख्या १५ लाख २० हजार ६०० पुगेको छ । जसमध्ये १२ लाख एक हजार ३७३ ‘क’ वर्गको बैंकका, तीन लाख १० हजार ९०४ ‘ख’ वर्गको बैंकका र आठ हजार ७२३ ‘ग’ वर्गका प्रयोगकर्ता छन् ।

 

पछिल्लो समयमा डिजिटल भुक्तानीका विभिन्न माध्यम भएपनि अधिकांश प्रयोगकर्ताको रोजाइमा मोबाइल बैंकिङ नै परेको छ ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय